Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • प्रचण्ड पक्षलाई ‘दिल्लीका सिल्ली’ भन्दै नेकपाकै कार्यकर्ताहरुद्वारा प्रदर्शन

    प्रचण्ड पक्षलाई ‘दिल्लीका सिल्ली’ भन्दै नेकपाकै कार्यकर्ताहरुद्वारा प्रदर्शन

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असार २०७७
  • 4.7K
    SHARES

    भक्तपुर । नेकपाभित्र कुर्सीको लडाइँ चलिरहेको  प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा भक्तपुरमा प्रदर्शन भएको छ  । प्रदर्शनमा भक्तपुरका नेकपाका नेता तथा कार्यकर्ताहरूको मात्रै उपस्थिति रहेको  छ ।

    नेकपाका सांसद महेश बस्नेतको पहलमा भएको प्रदर्शनमा नेपालमा बसेर भारतीय दलाल गर्ने जो कोही नेतृत्वलाई पनि कठालोमा समातेर सडकमा पछार्ने समेत प्रदर्शनकारीहरुले उद्घोष गरेका छन् ।



    प्रदर्शनकारीहरुले ‘प्रचण्ड’सहितका शीर्ष नेताहरूलाई ‘दिल्लीका सिल्ली’ भनेका छन्।



    नेकपाको स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष गरी दुवै पदबाट राजिनामा गराउन दवाव दिएसँगै प्रधानमन्त्री ओलीको समर्थमा  कार्यकर्ताहरु सडकमा उत्रिएका हुन । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेब गौतमसहितका नेताहरुले प्रधानमन्त्री ओलीको राजिनामा मागेकोमा त्यसको विरुद्धमा कडा रुपमा प्रस्तुत भएका छन् ।

    प्रदर्शनका क्रममा नागरिकले नेपालमा बसेर भारतीय दलाल गर्ने जो कोही नेतृत्वलाई पनि कठालोमा समातेर सडकमा पछार्ने समेत उद्घोष गरेका छन् ।

    हिजो देखी सुरु भएको प्रधानमन्त्रीको पक्षमा भएको ऐक्यवद्धता आजसम्म आउँदा कास्टिङ मात्र भएको उल्लेख गर्दै अब पनि प्रधानमन्त्री ओलीको राजिनामा माग्नेहरु देश र मुलुकको लागि परिवर्तन भई नआएमा ऐक्यवद्धताको फिल्म शुरु हुने चेतावनी दिएका छन् ।

    उक्त फिल्मबाट आउन सक्ने परिस्थितीको सामान भने पार्टी भित्रका प्रधानमन्त्री ओलीको विरुद्धका टिमले जिम्मा लिनुपर्ने समेत चेतावनी दिएका छन् ।

    स्वतफूर्त रुपमा हजारौंको संख्यामा रहेको प्रदर्शनमा नेपालका भारतीय दलाल मुर्दावाद, सत्यमेव जायते की सिंह मेव जयते, प्रधानमन्त्री ओली आजको लागि हैन, भोलीको लागि, लिपुलेक, लिम्पियाधुरा, कालापानी हाम्रो हो, राष्ट्रिय स्वाधिनताको विरोधी होसियार, मान्छेको सान बोलिले, नेपालको सान ओलीले, सरकार फेर्न खोज्ने भारतीय मतियार जनता जाग्दैछन् होसियार, नागरिकता विधेयक पारित गर, देश बेच्न पाइदैन, ओली फाल्न पाईदैन, भारतीय दलाल होसियार, राजनीतिक स्थिरता कायम गर, बैदेशीक हस्तक्षेप वन्द गर लगायतका राष्ट्रिय भावले ओतप्रोत भएका नाराहरु लगाईएको थियो ।

    राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधित जोगाउन वर्तमान समयको विषम परिस्थितीमा समेत सडकमा ओर्लनु परेको बताउँदै नागरिकले प्रधानमन्त्री ओलीको पद धरापमा परे लाखौं नागरिक सडकमा उत्रिएर भारतीय दलाहरुको सडकबाट नै अस्थित्व समाप्त पर्ने चेतावनी दिएका छन् । दिल्लीका नेपाली सिल्लीहरुलाई कसरी तह लगाउनुपर्छ भन्ने नेपाली नागरिकलाई राम्रो थाहा भएकाले तिनका दिनगन्ती शुरु हुने चेतावनी दिएका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार