Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • पहुँचकै भरमा दुईवटा खानेपानी धारो जोड्न खोज्दा स्थानीय आन्दोलित

    पहुँचकै भरमा दुईवटा खानेपानी धारो जोड्न खोज्दा स्थानीय आन्दोलित

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असार २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । उपत्यकामा खानेपानीको हाहाकार बढिरहेकै छ । विगत तीन दशकदेखि मेलम्चीको पानी आउने र समस्याबाट मुक्त हुने उपत्यकाबासीको चाहना बर्षेपिच्छे सर्दै गएको छ ।

    यस्तो पानिको अनिकाल भइरहेका बेला केही पहुँचवालाहरुले भने दुईवटा धारो जोडेर झन समस्या सृजना गर्न खोजेको समाचार प्राप्त भएको छ ।



    घटना हो, काठमाडौं महानगरपालिका–२९ स्थित घट्टेकुलोको । घट्टेकुलोस्थित चन्दनमार्गमा दोहोरा धरा जडान गर्न खोजेपछि स्थानीयबासी नै चिन्तित बनेका हुन् ।



    लकडाउनको समयमा सिमित व्यक्तिहरुले पहुँचकै भरमा खानेपानीको थप लाइन जोड्न लागेपछि स्थानीय उपभोक्ताहरु आफुहरुको घरमा पानी नआउने हो कि भन्दै चिन्तित बनेका हुन् ।

    कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीपराज कँडेल, बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिका पूर्व कार्यकारी निर्देशक नरेन्द्रकुमार गुरूङ, न्यायक्षेत्रका वरिष्ठ व्यक्तिलगायतले शक्ति र पहुँचको आधारमा आफ्नो निवासमा खानेपानीको थप पाइप जोड्न लागेपछि उक्त क्षेत्रमा विवाद आएको हो ।

    घट्टेकुलोस्थित चन्दनमार्गमा रहेको कँडेलको निवासमा साविक रहेको खानेपानीको मुख्य लाइनबाट थप अर्को लाइन जोड्न लागेको भन्दै स्थानीयहरुबीच विवाद देखिएको छ ।

    कँडेलले नै पहुँचवाला सीमित व्यक्तिलाई संलग्न गराई आफूलगायत पाँच घरमा थप खानेपानी लाइन जोड्न लागेको स्थानीयले आरोप लगाएका छन् ।

    उनीहरुले थप लाइन जोड्दा आफूहरुको घरमा पानी नआउने भन्दै आसपासका उपभोक्तामा आन्दोलित बनेका हृुन् ।

    लकडाउनको समय पारेर कँडेल र गुरुङलगायतको समूहले २ इन्चको पाइपमार्फत् पानी जोड्ने प्रयास गरेकोमा स्थानीयहरुले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र वडा कार्यालयमा समेत जानकारी गराउँदा पनि कुनै सुनुवाई नभएको नाम नबताउने शर्तमा एक उपभोक्ताले गुनासो गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार