Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • ‘मोस्ट वान्टेड’ दुवे समुहसँगको इन्काउन्टरमा ८ भारतीय प्रहरीको मृत्‍यु

    ‘मोस्ट वान्टेड’ दुवे समुहसँगको इन्काउन्टरमा ८ भारतीय प्रहरीको मृत्‍यु

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असार २०७७
  • 4.3K
    SHARES

    कानपुर । भारतको उत्तर प्रदेशस्थित कानपुर जिल्लामा शुक्रबार बिहान अज्ञात समूहले ८ प्रहरीको हत्या गरेको छ । उक्त समुहले प्रहरीमाथि गोली प्रहार गरी एक डीएसपी, तीन सब इन्स्पेक्टर गरी ८ प्रहरीको हत्या गरेको हो।

    फरार अभियुक्त विकास दुवेलाई पक्रन प्रहरीहरु बिकरु भन्ने गाउँमा जाँदा भिडन्त भएको थियो । ती प्रहरीहरुलाई घरको छतबाट गोली हानिएको थियो । यो आक्रमणमा अभियुक्त दुवे र उनकै समूहको संलग्नता रहेको भारतीय प्रहरीको दाबी छ ।



    दुवेको समूह प्रहरीहरुको हतियारसमेत लुटेर फरार भएको बताइएको छ ।



    उनलाई ६० आपराधिक गतिविधिमा संलग्न रहेका थिए । दुबे समूहले नै उक्त आक्रमण गरेको प्रहरीले दाबी गरेको छ।

    प्रहरीले आक्रमण योजनाबद्ध रहेको बताएको छ।  घटनासँगै कानपुरसँग जोडिएको ६ जिल्लासँगका नाका बन्द गरिएको छ।

    लखनउबाट एक फोरेन्सिक टोली घटनास्थल पठाइएको छ भने विशेष सुरक्षा बल पनि पठाइएको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार