Online Nepal
  • बुधबार, २ माघ २०८१
  • तलब कटौतीले अमेरिकामा ठुलाे आर्थिक संकट

    तलब कटौतीले अमेरिकामा ठुलाे आर्थिक संकट

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असार २०७७
  • 2.2K
    SHARES

    संयुक्त राज्य अमेरिका । संयुक्त राज्य अमेरिकामा निजी क्षेत्रका कम्तीमा ४० लाख श्रमिकको कटौती गरिएको छ।

    वासिङ्टन पोष्टका अनुसार अमेरिकामा यस पहिलेका व्यापक मन्दीका समयमाभन्दा पनि कोरोना महामारीका समय अमेरिकी निजी क्षेत्रका श्रमिकहरूको पारिश्रमिक कटौती कम्तीमा पनि दोब्बरको सङ्ख्यामा भएको सिकागो बेकर फ्रेठम्यान इन्स्टिच्युटका श्रम बजारबारे विश्लेषण गर्दै आएका अर्थशास्त्रीहरूकाे भनाइ छ।



    पारिश्रमिक कटौती खासगरी श्वेत अमेरिकीहरूले चलाएका उद्योगहरूमा बढ्दो क्रममा रहेको छ । अमेरिकी श्रम बजारमा देखिएको यो अवस्थालाई हेर्दा अमेरिकी अर्थतन्त्रमा गहिरो आर्थिक सङ्कट तथा मन्द सुधारको सङ्केत मान्न सकिने उल्लेख छ ।

    महामारीका कारण अमेरिकामा ६० लाखभन्दा बढी श्रमिकले पूर्णकालीन रोजगारीको चाहाना राख्दाराख्दै पनि आंशिक रूपमा काम गर्नुपर्ने अवस्थामा पुगेका पनि अमेरिकी श्रम मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार