Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • टेलिकममा पनि पस्यो ओम्नी, मासिक अर्बमाथिको व्यापार हत्यायो

    टेलिकममा पनि पस्यो ओम्नी, मासिक अर्बमाथिको व्यापार हत्यायो

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असार २०७७
  • 3.2K
    SHARES

    काठमाडौँ । सरकारी निकायको आइटीमा महत्वपूर्ण ठेक्का हत्याउन सफल ओम्नी समूहले नेपाल टेलिकममा पनि प्रवेश पाएको तथ्य फेला परेको छ। लकडाउनको मौका छोपेर टेलिकमले ओम्नी समूह लगायतलाई सुटुक्क मासिक एक अर्बभन्दा माथिको व्यापार गर्न सक्नेगरी रिचार्ज कार्डको डिलर दिएको पाइएको हो।

    टेलिकमबाट यसअघि रिचार्ज कार्डको डिलरको जिम्मा पाएका ४० भन्दा बढी कम्पनीले सब–डिलर भएर काम गरेपछि मात्र डिलरको जिम्मा पाएका थिए। तर ओम्नीले सब–डिलरको काम नै नगरी बालुवाटारको दबाबमा डिलरको जिम्मा पाएको नेपाल टेलिकम उच्च स्रोतले बतायो।



    टेलिकम स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीका आइटी विज्ञ अस्गर अलीको स्वामित्वमा रहेको अनलाइन विद्युतीय भुक्तानी प्रणाली ई–सेवासँग सहकार्य गर्नेगरी ओम्नीले टेलिकमको रिचार्ज कार्डको डिलर पाएको हो। प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका विश्वासपात्र रहेका अलीले निरन्तर दबाब दिएर ओम्नीलाई रिचार्ज कार्डको डिलर बनाएका हुन्।



    अहिलेको अवस्थामा रिचार्ज कार्डको डिलर थप्दा राम्रो सन्देश नजाने र अनुभव नै नभएको कम्पनीलाई डिलरको मान्यता दिन नहुने सुझाव टेलिकमका केही उच्च अधिकारीले दिए पनि टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले बालुवाटारको दबाब भन्दै ओम्नीलाई मासिक अर्बभन्दा माथिको व्यापार गर्न सक्नेगरी टेलिकमको डिलर सुम्पिएको टेलिकम स्रोतको भनाइ छ।

    यसअघि दुईदेखि तीन वर्षसम्म सब–डिलर भएर टेलिकमको रिचार्ज कार्ड बिक्री–वितरणमा महत्वपूर्ण भूमिका खेलेका कम्पनीलाई मात्र डिलर बनाउने गरिएकोमा त्यसमा कहिल्यै नजोडिएको कम्पनीलाई कोरोना कहरबीच एकैचोटि डिलर दिएकोमा टेलिकमका ती अधिकारीहरू आश्चर्य प्रकट गर्छन्।

    नेपाल दूससञ्चार प्राधिकरणको आइटी ल्याब, निर्वाचन आयोगको प्रिन्टर र पछिल्लो समय स्वास्थ्य सेवा विभागको मेडिकल सामग्री खरिदमा विवादित ओम्नीले त्यही प्रकृतिको लाभ नेपाल टेलिकमबाट समेत पाएको छ। नेपाल टेलिकमको दैनिक १० करोड रुपैयाँभन्दा बढीको रिजार्च कार्ड बिक्री हुँदै आएको छ। ओम्नीले डिलरको अनुमति पाएसँगै टेलिकमको सिमकार्ड र रिचार्ज कार्ड बेच्ने पाउने भएको छ।

    नेपाल टेलिकमका प्रवक्ता कृष्णप्रसाद भण्डारीले साउन १ बाट मान्यता पाउनेगरी ओम्नीलगायत केही कम्पनीलाई डिलरको काम दिइएको बताए। रिचार्ज कार्ड र सिमकार्ड बेच्न पाउनेगरी ओम्नीलाई डिलरको काम दिएको बताउँदै उनले अन्य विषय आफूलाई जानकारी नभएको तर्क गरे। ‘टेलिकमले नयाँ डिलर थपेको छ। त्यसमा ओम्नीको समेत नाम छ,’ प्रवक्ता भण्डारीले भने, ‘मेरो जानकारीमा भएको यति हो, अन्य विषय मलाई थाहा छैन।’ नागरिक दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार