Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

अनसनरत अभियान्ता भेट्न ह्याम्स अस्पताल पुगे प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अनसनरत इनफ इज इनफ ग्रुपका सामाजिक अभियान्ताहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

अनसनरत अभियान्ताहरुलाई ह्याम्स अस्पताल पुगेर भेट गरी उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै प्रधानमन्त्री ओलीले सरकार कोभिड नियन्त्रण गर्न पारदर्शी ढंगले सक्रिय रहेको बताएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

अभियन्ताहरुलाई अस्पताल लगिएको करिब ३० मिनेटपछि प्रधानमन्त्री ओली उनीहरुलाई भेट्न पुगेका हुन् । हाल एमर्जेन्सीमा रहेका पुकार र ईः सँग प्रधानमन्त्रीले कुरा गरेको इनफ इज इनफले जनाएको छ । प्रधानमन्त्री नै अस्पताल पुगेर अनसनरतहरुको बारेमा बुझ्ननु सकारात्मक रहेको बताइएको छ ।

पीसीआर परीक्षण बढाउनु पर्ने, आरडीटी टेस्ट रोक्नुपर्ने, क्वारेन्टिनको उचित व्यवस्थान गर्नुपर्नेलगायतका मागसहित अनशन बसिरहेकाहरुको स्वास्थ्यमा समस्या देखिएपछि ह्याम्स अस्पताल उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077