Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

सत्ताको प्रयोग गरि पार्टीभित्रकै बिरोधीलाई तर्साउने ओलीका आत्मघाती योजना

काठमाडौं। नेकपा भित्रैबाट प्रधानमन्त्रीबाट राजिनामा दिनुपर्ने माग उठेसँगै प्रधानमन्त्री केपी शर्मा ओली अबिश्वासको प्रस्ताव आउनसक्ने खतरा देखेपछि संसद अधिवेशन मन्त्रीपरिषदबाट निर्णय गराएर अन्य गरी नयाँ खेलमा लागे ।

प्रधानमन्त्री ओलीले दल सम्बन्धी ऐनलाई संसोधन गरि दल फुटाउन सहज बनाउने अध्यादेश ल्याउन लागेको समेत चर्चा चलेको छ ।

निजामति कर्मचारीको सेवा शर्त सम्बन्धि विधेयक, नागरिकता विधेयक र अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) चालु बजेट अधिवेशनबाटै पारित गर्ने तयारी भइरहेका बेला ओलीले संसद अन्त्यको राष्ट्रपतिलाई सिफारिस गरेका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाका सभामुख अग्नी सापकोटालाई जानकारी नै नदिई आफैले हस्ताक्षर गरि बिहीबार बेलुकी ५ बजेबाट संसद अन्त्य भएको जानकारी संसद सचिवालयलाई गराएकी छिन् ।

यसलाई राजनीतिक विश्लेषकहरुले ओलीले संसदमा अविश्वासको प्रस्ताव पो पेश हुन्छ कि भन्ने डरले बजेट अधिवेशन अन्त्य गरिएको विश्लेषण गरेका छन् ।

ओलीले आफुमाथि संसदमा अविश्वासको प्रस्ताव दर्ता पो हुन्छ कि भन्ने डरले अधिवेशन अन्त्य गरेका हुन  ।

[insert page='20853' display='yopanipadhnuhos.php']

अधिवेशन अन्त्य गरेर प्रधानमन्त्रीले अध्यादेश ल्याउने बाटो पनि खुला गरेको र आफुले चाहेकोलाई तर्साउन सजिलो बनाएको समेत नेकपाकै एक नेता वताउँछन् ।

ओलीले  म कुनै पनि बेला अध्यादेश ल्याउन सक्छु र अझै पनि राष्ट्रपति पूर्णरुपमा मेरो पक्षमा हुनुहन्छ र मैले भनेको जे पनि कुरा तुरुन्तै हुन्छ भन्ने देखाउन खोजेको टिप्पणी हुन थालेको छ।

सत्तामा टिकिरहनका लागि २० प्रतिशतको समर्थनमै दल फुटाउन मिल्ने अध्यादेश ल्याउने र त्यसै आधारमा पार्टी फुटाउने ओलीको योजना रहेकोतर्फ शंका गर्दै नेकपाकै नेताहरु त्रसित बनेका छन् ।

ओलीलाई पार्टी फुटाएर कांग्रेससँग मिलेर सरकार बनाउपर्ने अवस्था आएको खण्डमा पछि पर्न नहुने भन्दै इश्वर पोखरेललगायतका नेताहरुले सल्लाह र सुझाव दिएको पनि चर्चा छ।

तर, भारत कार्डमा फेल भएर एकपछि अर्को गर्दै फस्दै आएका ओलीलाई त्यस्ता कुनै पनि योजनाहरु अब आत्मघाती  हुने देखिन्छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077