Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • इँटाभट्टामा जिउँदै मान्छे जलाएको आरोपमा थप एक जना पक्राउ

    इँटाभट्टामा जिउँदै मान्छे जलाएको आरोपमा थप एक जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १८ असार २०७७
  • 3.7K
    SHARES

    जनकपुरधाम । जिउँदै मान्छे जलाएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

    राजपुर नगरपालिका–६ का ३४ बर्षीय शेष सरोज भनिने शेष सराजलाई बिहिबार बाराको सिम्रौनगढ नगरपालिकाबाट पक्राउ गरिएको प्रदेश प्रदेश दुईका प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए ।



    पक्राउ परेका सराजले कांग्रेस नेता आफताब आलमको निर्देशनमा आफूले मृत्यु भएका २/३ जना र घाइते भएका १६ जनालाई बोरामा राखी ट्याक्टरमा लिएर इँटा उद्योगको चिम्नीमा लगी जलाएको बयान दिएको सिंहले बताए ।



    १३ वर्षअघि रौतहटको इँटा उद्योगमा जिउँदै मान्छे जलाएको घटनाका मुख्य योजनाकार मानिएका कांग्रेस नेता आलम अदालतको आदेशमा हाल पुर्पक्षका लागि थुनामा छन् ।

    सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले २४ जेठमा बाराको सिम्रौनगढ नगरपालिका ४ का ५५ बर्षीय मुक्ति शाहलाई पनि पक्राउ गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार