Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • जापानले दिने ३० करोड ८० लाख रुपैयाँ स्वीकार गर्ने सरकारको निर्णय

    जापानले दिने ३० करोड ८० लाख रुपैयाँ स्वीकार गर्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, १८ असार २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि जापान सरकारले दिने ३० करोड ८० लाख बराबरको अनुदान सहायता सरकारले स्वीकार गरेको छ ।

    सरकारका प्रवक्ता समेत रहेका अर्थ/सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले जापान सरकारले दिने विद्यालय क्षेत्र विकास सहायताको रकम स्वीकार गर्ने निर्णय बिहिबारको मन्त्रीपरिषदले गरेको जानकारी दिए ।



    मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा उनले उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा मोरङ नौबिसे प्रशारण लाइन २२० केबी र कुशाहा विराटनगर १३२ केबी प्रशारण लाइनका लागि जमिन उपलब्ध गराउने निर्णय भएको पनि बताए ।



    यस्तै सर्लाही रामनगर ४ का रामजलम रायको परिवारलाई राहत क्षतिपूर्ति स्वरुप १० लाख रुपैयाँ दिने निर्णय पनि बैठकले गरेको छ ।

    रराष्ट्रमन्त्रालय अन्तरर्गत २ वटा अस्थायी दरबन्दी स्वीकार गर्ने, विदामा नेपाल आएका करार र भिसा अवधि बाँकी रहेकाहरुको हकमा पीसीआर परीक्षण र अन्य स्वास्थ्य प्रोटोकल पालना गरी जान दिने निर्णय पनि सरकारले गरेको छ ।

    पुनः करार नविकरण गरेका र भिसाको म्याद थप भएका व्यक्तिले कोभिड परीक्षण र अन्य प्रोटोकलको पुरा गरेमा पुनः स्वीकृति दिने निर्णय पनि भएको उनले बताए । सरकारले साउन ७ गतेसम्म अन्तर्राष्ट्रिय प्रवेशविन्दु र खुला सीमानाकाबाट हुने यात्रु आवागमनलाई बन्द गर्ने निर्णय पनि गरेको छ ।

    सरकारले नेपाली नागरिकका विदेशी राहदानी बाहक आफन्तहरुलाई आवश्यक प्रोटोकल पुरा गरी नेपाल आउन दिने निर्णय पनि गरेको छ । विमानस्थलबाट होल्डिङ सेन्टरसम्म लैजान नेपाली सेनाको सवारी प्रयोग गर्ने निर्णय पनि सरकारले गरेको छ ।

    जिल्ला कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसीसीएमसी) ले सीसीएमसीसँगको समन्वयमा आवश्य परे आंशिक वा पूर्ण रुपमा जिल्ला शिल गर्न सक्ने निर्णय पनि सरकारले गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार