Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

दलभित्रको द्वन्द्वको दुश्प्रभाव संसद अधिवेशनमा पर्नु आपत्तिजनक : नेपाली कांग्रेस

काठमाडौं । नेपलाी कांग्रेसले संघीय संसदको अधिवेशन अन्त्य भएकोप्रति आपत्ति जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै सत्तारुढ दलभित्रको द्वन्द्वको दुश्प्रभाव संसद अधिवेशनमा परेको भन्दै आपत्ति जनाएका छन् ।

‘अधिवेशन आहृवान र अन्त्य गर्ने स्थापित निश्चित प्रक्रिया छन्, तर त्यसलाई अवलम्बन नगरी, कोरोना सिर्जित चुनौती सामना गर्न प्रस्तुत संकल्प प्रस्तावदेखि एमसीसी हुँदै अन्य महत्वपूर्ण विधेयकहरु बारे निश्चित टुंगोमा नपुगी अधिवेशन अन्त्य गरिनु दुःखद छ,’ विज्ञप्तीमा भनिएको छ ।

अधिवेशन अन्थ्य गर्ने क्रमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससंग कुनै परामर्श नभएको मात्र होइन, पूर्व सूचनासमेत नदिइएको कांग्रेसले बताएको छ ।

कोरोना भाइरसको महामारीप्रति उच्च गम्भीरतासाथ सिंगो संसदले साझा दृष्टि तय गरेर परिमार्जित रणनीति साथ अघि बढ्नुपर्ने बेला सरकारले हठात अधिवेशन अन्त्य गरेको कांग्रेसको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077