काठमाडौं । काठमाडौंमा थप १७ जना महिला र ११ जना पुरुष गरी २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा गरिएको स्वाब परीक्षणमा एकैपटक २८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
लकडाउन केही खुकुलो भएसंगै काठमाडौंमा कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ ।
अहिलेसम्म ३१ जनाको मृत्यु भएको छ । आज थप एक जनाको मृत्यु भएको पुष्टि भएसंगै मृतकको संख्या ३१ पुगेको मन्त्रालयले जनाएको छ ।
Leave a Reply