Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • शिक्षण अस्पतालमा उपचाररत ४५ दिने शिशुको कोरोना संक्रमणले मृत्यु

    शिक्षण अस्पतालमा उपचाररत ४५ दिने शिशुको कोरोना संक्रमणले मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १८ असार २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ४५ दिने शिशुको मृत्यु भएको छ । त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पतालमा उपचाररत ती शिशुको संक्रमणबाट मृत्यु भएको हाे।

    शिशुको बुधबार साँझ मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दासले जानकारी दिए ।



    घाँटीमा समस्या देखिएपछि अस्पताल भर्ना भएका शिशुको शल्यक्रियाअघि पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । म्यागदीका ति शिशुको कोरोनाकै कारण मृत्यु भएपछि उनका आमा, बुवा र फुपूको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको छ ।



    शिशुको श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबार उनको घाँटीको शल्यक्रिया गरिएको थियो । योसँगै नेपामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार