Online Nepal
  • मंगलबार, १ माघ २०८१
  • कमाण्डरकाे आदेश नमान्दा सहायक रथी रावल र महासेनानी खड्का बर्खास्त

    कमाण्डरकाे आदेश नमान्दा सहायक रथी रावल र महासेनानी खड्का बर्खास्त

    अनलाइन नेपाल
  • बिहिबार, १८ असार २०७७
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाली सेनाले सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई सैनिक ऐन २०६३ बमोजिम अनुशासन तथा आचरणसम्बन्धी कसूरमा कारवाही गरेको छ ।

    सेनाको आज बसेको समरी जनरल सैनिक अदालतबाट अनुशासन तथा आचरणसम्बन्धी कसूर गरेको अभियोगमा दोषी ठहरिएका उहाँहरुलाई कारवाही गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।



    माथिल्लो कमाण्डरले लिखित रुपमा दिएको आदेश जानी जानी पालना नगरी अवज्ञासम्बन्धी कसूर गरेको, सैनिक सुव्यवस्था तथा अनुशासनविपरीतको काम गरेको र आफ्नो ओहदाअनुसारको जिम्मेवारी तथा आचरण नगरेको अदालतको ठहर छ । त्यसैका आधारमा निज रथीवृन्द तथा अधिकृतलाई सेवाबाट बर्खास्त गरिएको छ ।



    पद्धति र प्रणालीमा आधारित सङ्गठन सञ्चालनमा जोड दिंँदै पारदर्शिता र जवाफदेहिता कायम गर्ने तथा दण्डहीनताको अन्त्य गर्ने वर्तमान नेतृत्वको लक्ष्यअनुसार अनुशासन र आचरणविपरीत कार्य गर्नेलाई शून्य सहनशीलताको नीति अवलम्बन गर्दै सङ्गठन सुदृढीकरणमा प्रतिबद्ध रहेको सेनाले जनाएको छ । नेपाल समाचार पत्र

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार