Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • लिभिङ टुगेदरमा बस्दै आएका जोडीद्वारा एउटै पासोमा झुण्डिएर आत्महत्या !

    लिभिङ टुगेदरमा बस्दै आएका जोडीद्वारा एउटै पासोमा झुण्डिएर आत्महत्या !

    अनलाइन नेपाल
  • बुधबार, १७ असार २०७७
  • 4.2K
    SHARES

    काठमाडौँ । कोरोना भाइरसको रोकथाम गर्न सरकारले लकडाउनलाई जारी राखेको बेला थरी थरीका घटना घट्न थालेका छन्।

    पेप्सिकोलामा बस्दै आएका एक जोडी एउटै पासोमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएका छ्न् ।



    पाँच महिनादेखि लिभिङ टुगेदरमा बस्दै आएका जोडी आफ्नै फ्ल्याटमा एउटै पासोमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको महानगरिय प्रहरी वृत नयाँ बानेश्वरका डिएसपी दक्ष कुमार बस्नेतले बताए ।



    ३६ वर्षीय आदम मोहम्मद मुसलमान र २६ वर्षीय अस्मिता थापा एउटै पासोमा झुण्डिएर मृत अवस्थामा फेला परेका हुन ।

    आदम महमद मुसलमानको घर ठेगाना खुल्न सकेको छैन भने अस्मिता भक्तपुरको बालकोट घर भएको खुलेको छ ।

    घटनाको बारेमा  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार