Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • बीमालेख धितो राखेर ऋण दिन समितिको निर्देशन

    बीमालेख धितो राखेर ऋण दिन समितिको निर्देशन

    अनलाइन नेपाल
  • बुधबार, १७ असार २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले बीमालेख प्रारम्भ भएको मितिको एक वर्ष पूरा भएपछि समर्पण मूल्य र ऋण प्रदान गर्न सबै जीवन बीमा कम्पनीलाई निर्देशन दिएको छ ।

    समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार समर्पण मूल्य र बीमालेख धितो राखी कर्जा प्रदान गर्न उक्त निर्देशन दिइएको हो ।



    समितिका अनुसार बीमकले अधिकतम एक आर्थिक वर्षभित्र मात्र बीमालेख ‘ब्याकडेट’ गर्न सक्नेछ । तर एकल बीमा शुल्क भुक्तानी गर्ने गरी जारी गरिएको बीमा लेखको हकमा भने त्यस्तो व्यवस्था गर्न पाइने छैन ।



    समितिले बीमालेखअन्तर्गत समर्पण मूल्य तथा बीमालेख धितो राखी कर्जा प्रदान गर्दा बीमा लेख प्रारम्भ भएको मितिबाट दुई वर्ष पूरा भएपछि मात्र प्रदान गर्न सकिने बीमा कम्पनीलाई जानकारी गराएको छ ।

    समितिले निर्देशन दिँदै भनेको छ, “एकल बीमा शुल्क भुक्तानी गर्ने गरी जारी गरिएका बीमालेखको हकमा बीमा प्रारम्भ भएको मितिले एक वर्ष पूरा भएपछि मात्रै समर्पण मूल्य र ऋण प्रदान गर्न सकिने छ ।”

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार