Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ४ हजार ६५६ पुग्यो

    नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ४ हजार ६५६ पुग्यो

    अनलाइन नेपाल
  • बुधबार, १७ असार २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ४ हजार ६५६ पुगेको छ ।

    बुधबार थप १ हजार ४ सय ६२ जनाले कोरोना संक्रमण जितेसंगै संक्रमण मुक्त हुनेको संखया ४ हजार ६५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    बुधबार जनकपुरबाट झापाका १ पुरुष, कलैया असपतालबाट बाराका ३ पुरुष, साई कृष्ण आइसोलेशन सेन्टरबाट सप्तरीका १७ जना पुरुष, टेकु अस्पताल काठमाडौंबाट काठमाडौंका ३ पुरुष, सिन्धुलीका १ महिला, सिन्धुपालचोकका १ पुरुष, खोटाङका १ पुरुषले काेराेना जितेका छन् ।



    त्यस्तै मोरङ, नुवाकोट, चितवन, भक्तपुर, दोलखाका १ जना पुरुष, ज्वालामुखी आइसोलेशन सेन्टरबाट धादिङका २ महिला र ९ पुरुष, निलकण्ठ आइसोलेशन सेन्टरबाट धादिङका ५ महिला र २९ पुरुष, ललितपुरका १ महिला, भक्तपुरका २ पुरुषले कोरोना भाइरसलाई जितेकार छन् ।

    त्यस्तै, पाटन अस्पतालबाट ललितपुरका १ महिला भक्तपुरका २ पुरुष सिन्धुलीका १ महिला चितवनका १ महिला, सुर्खेत प्रादेशीक अस्पतालबाट ५ महिला र २८ पुरुष, प्रदेश नं ५ का विभिन्न आइसोलेशनबाट १५ महिला र २८७ पुरुष र नवलपरासीका १ महिला र १३ पूरुष डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित मिडिया व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

    अन्य केहिको विवरण भने आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार