Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अनशन बसेकाहरूको जीवन रक्षा गर : मानव अधिकार आयोग

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोरोना महामारी रोकथाममा प्रभावकारी काम गर्न माग गर्दै अनशनमा बसेकाहरुको जीवन रक्षा गर्न सरकारलाई आग्रह गरेको छ ।

आयोगका प्रवक्ता वेद भट्टराईद्वारा बुधबार जारी विज्ञप्तिमा अनशनमा बसेका व्यक्तिहरुको स्वास्थ्यसम्बन्धी न्यायोचित माग सम्बोधन गरी जीवन रक्षाका लागि सार्थक संवाद गर्न सरकारलाई आग्रह गरिएको छ ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि पीसीआर परीक्षण बढाउनुपर्ने, क्वारेन्टिन व्यवस्थित बनाउनुपर्ने लगायतका माग राखेर सामाजिक अभियन्तारु ई, रिजा राउत, पुकार बम, गम्भीरजंग कार्की र सुनीता तामाङलगायत रिले अनशनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077