Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • जिल्ला प्रवेश गरेपछि १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने

    जिल्ला प्रवेश गरेपछि १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने

    अनलाइन नेपाल
  • बुधबार, १७ असार २०७७
  • 2.8K
    SHARES

    जनकपुर । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा प्रवेश गर्नेहरु १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाइएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम प्रवेश गर्ने हरुका लागि यस्तो नियम लागू गरेको हो ।

    कोरोना भाइरसको संक्रमण निरन्तर फैलिरहेकोले यसबाट नागरिकलाई बच्न र बचाउनका लागि थप सतर्कता अपनाउन गृहमन्त्रालयको सर्कुलर अनुसार नै सो नियम बनाइएको प्रशासनका कार्यालयले जनाएको छ ।



    कोरोना भाईरस नियन्त्रण, रोकथाम र उपचारलाई मुलुकभर प्रभावकारी बनाउने उद्देश्यले जिल्ला प्रवेश गर्ने व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए । कोरोना संक्रमितको संख्या बढिरहेका बेला जिल्लामा थप संक्रमण भित्रिन नदिन यस्तो कडाई गरिएको उनले बताए ।



    जनकपुरसहित काठमाडौं, पोखरा, विराटनगर, नेपालगञ्ज, बुटवल, भैरहवा, वीरगञ्ज, धनगढीजस्ता बढी जनघनत्व भएका शहर तथा जिल्ला सदरमुकामहरुमा आवतजावत गर्दा अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइन अथवा होम क्वारेन्टिनमा बस्नु पर्ने नियम गृहमन्त्रालयले बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार