Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • पूर्वराजापछि राष्ट्रपतिलाई भेटे भारतीय राजदुतले, राजनीतिक चलखेल तीब्र

    पूर्वराजापछि राष्ट्रपतिलाई भेटे भारतीय राजदुतले, राजनीतिक चलखेल तीब्र

    अनलाइन नेपाल
  • बुधबार, १७ असार २०७७
  • 4.5K
    SHARES

    काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमपछि भारतीय राजदूत विनयमोहन क्वात्राले राजनीतिक भेटघाटलाई तीब्रता दिएका छन् ।

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मंगलबारको स्थायी कमिटी बैठकमा शिर्ष नेताहरुले नै प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा मागेपछि राजदूत क्वात्राले आफ्नो सक्रियता वढाएका हुन ।



    राष्ट्रिय सहमतिबाट लिम्पियाधुरासहितको नेपालको नयाँ नक्शा  संसदबाट पास भएपछि  नेताहरुलाई ठेगान लगाउन भारतीय राजदूत  क्वात्राले पूर्वराजा ज्ञानेन्द्र शाहसँग सम्पर्क अघि बढाएको  सार्वजनिक भएको थियो।



    राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारतीय राजदूत विजय मोहन क्वत्राले भेटेका छन् । क्वात्राले शीतलनिवास पुगेर २०७७ असार १७ गते बुधबार बिहान भेटवार्ता गरेका हुन् ।

    राष्ट्रपति कार्यालय स्रोतका अनुसार, दुईबीच करिब ३५ मिनेट भेटवार्ता भएको थियो ।भेटवार्ता के विषयमा केन्द्रित थियो भन्नेबारे भने खुलेको छैन ।

    तर नेकपाको विवाद पेचिलो बनिरहेका बेला राष्ट्रपति र भारतका राजदूतबीच भएको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

     

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार