Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • प्रधानमन्त्रीलाई नेता तथा मन्त्रीहरुको सुझाव : पार्टीको निर्णय मान्नुस्

    प्रधानमन्त्रीलाई नेता तथा मन्त्रीहरुको सुझाव : पार्टीको निर्णय मान्नुस्

    अनलाइन नेपाल
  • बुधबार, १७ असार २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मंगलबारको स्थायी कमिटी बैठकमा शिर्ष नेताहरुले नै प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा मागेपछि ओली यतिबेला परामर्शमा जुटेका छन् ।

    प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा मागेपछि प्रधानमन्त्री ओलीले सल्लाहका लागि आज (बुधबार) केही नेता तथा मन्त्रीहरुलाई बोलाएर छलफल गरेका हुन् ।



    छलफलपछि नेता तथा मन्त्रीहरुले प्रधानमन्त्री ओलीलाई पार्टी कमिटीको निर्णय मानेर अघि बढ्न सुझाव दिएका छन् ।



    कृषि मन्त्री घनश्याम भुसालले प्रधानमन्त्रीलाई अप्ठेरो परेको खण्डमा आफूहरुलगायत मन्त्रिपरिषद्का आधाजति मन्त्री राजीनामा दिन तयार रहेको जानकारी गरउँदै पार्टीकै कारण सत्ता र शक्ति प्राप्त भएको हुँदा पार्टीलाई नै सबैकुरा समर्पण गर्छु भनेर अघि बढ्न सुझाव दिएको बताए ।

    बैठकमा नेताहरुले प्रधानमन्त्रीलाई नेतृत्वमा रहेकाहरूले गुटबन्दी छोड्नुपर्ने, प्रोक्सी वार छोड्नुपर्ने, गुट–गुटहरू योजना बनाउने, षड्यन्त्र गर्ने प्रचलन छोड्नुपर्नेलगायतका सुझाव दिएका थिए ।

    छलफलको सुरुमै प्रधानमन्त्री ओलीले आफूलाई कर्नर गरिएको अपमानित गरिएको बताएका थिए ।

    छलफलमा सुवास नेम्वाङ, मणि थापा, लेखराज भट्टलगायतका नेताहरुले पनि पार्टी एकताका लागि प्रधानमन्त्रीले फराकिलो सोच राख्नुपर्ने सुझाव दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार