Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • बाँस्कोटाको घरमा बम विष्फोट गराउने योजनाकार पक्राउ

    बाँस्कोटाको घरमा बम विष्फोट गराउने योजनाकार पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १६ असार २०७७
  • 3.7K
    SHARES

    काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेकपा विप्लव’ समूहका भक्तपुर जिल्ला सेक्रेटरी ऐन बहादुर शाही ‘बिजय’ पक्राउ परेका छन् ।

    महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले शाहीलाई  कलंकीस्थित  कोठाबाट राती २ बजे  प्रहरीले गरेको गरेको हो ।



    शाही एक बर्षदेखि भक्तपुर जिल्लाका सेक्रेटरीका रुपमा कार्यरत छन् । प्रहरीले उनको साथबाट विप्लव समूहको दस्तावेज बरामद गरेको छ ।



    शाही नेपाल कम्युनिस्ट पार्टीका नेता गोकुल बाँस्कोटाको भत्तपुरस्थित घरमा बम विष्फोट गराउने योजनाकार रहेको प्रहरी स्रोतको भनाइ छ ।

    उनी  प्रहरीको फरार सुचीमा थिए । यसअघि बाँस्कोटाको घरमा विष्फोट गराउने मध्येका तीनजना पक्राउ परि पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार