Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

प्रधानमन्त्रीले संसदको अपमान गरेको कांग्रेसको ठहर

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले 'आफूलाई प्रधानमन्त्री पदबाट हटाउन भारत सक्रिय' भनी दिएको अभिव्यक्तिले संसदको अपमान गरेको निस्कर्ष निकालेको छ ।

कांग्रेस मुख्यालय सानेपामा भएको केन्द्रीय कार्यसमितिको बैठकमा प्रधानमन्त्री ओलीको अभिव्यक्तिको विषयमा छलफल गर्दै कांग्रेसले कूटनीतिक मर्यादाविपरीत ओलीको अभिव्यक्ति आएको निष्कर्ष निकालेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

प्रवक्ता शर्माकाअनुसार बैठकमा कांग्रेसले १४ औं महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका परिमार्जन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077