Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • क्वारेन्टिनमा बसेका १० हजार घर फिर्ता

    क्वारेन्टिनमा बसेका १० हजार घर फिर्ता

    अनलाइन नेपाल
  • मंगलबार, १६ असार २०७७
  • 2.6K
    SHARES

    दाङ । दाङ क्वारेन्टिनमा १० हजार जना घर फर्किएका छन् । भारत तथा अन्य जिल्लाबाट आएर क्वोरन्टिनमा बसेका कूल ११ हजार ६९४ मध्ये दश हजार घर फर्केका छन् भने पाँच सय सङ्क्रमित भएर आइसोलेशनमा छन् ।

    बाँकी एक हजार ५६८ जना मात्रै क्वारेन्टिनमा रहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कमल चन्दले जानकारी दिए।जिल्लामा क्वारेन्टिनमा रहेकामध्ये सबैभन्दा धेरै घोराही उपमहानगरपालिकामा ४५६ जना छन् ।



    तुलसीपुर उपमहानगरपालिकामा १७३ र लमही नगरपालिकामा ४४ तथा गाउँपालिका राजपुरमा ६९, राप्तीमा ३२५, शान्तिनगरमा ७६, बंगलाचुलीमा ४३, गढवामा १२६, बबईमा १६४ र दंगीशरणमा ९२ जना रहेका छन् ।



    दाङमा अहिलेसम्म जाँच गरिएकामध्ये आठ हजार ९५७ जनाको नतिजा नेगेटिभ र ५६२ जनाको पोजेटिभ आएको छ । अहिलेसम्म कूल नौ हजार ५१९ जनाको पिसिआर जाँच गरिएको तथा तीन हजार २९३ जनाको आरडिटी गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार