Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • काठमाडाैँमै जसपाद्वारा विराेध प्रदर्शन

    काठमाडाैँमै जसपाद्वारा विराेध प्रदर्शन

    अनलाइन नेपाल
  • मंगलबार, १६ असार २०७७
  • 2.9K
    SHARES

    काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा)ले मंगलवार काठमाडौंमा प्रदर्शन गरेको छ । नागरिकता विधेयकका विभेदकारी प्रावधान खारेजीको माग गर्दै जसपाले मंगलवार काठमाडौंमा प्रदर्शन गरेको हाे । काठमाडौंको माइतीघर मण्डलाबाट शुरु भएको प्रदर्शन बानेश्वरमा गएर सभामा परिणत हुने जसपा नेताहरूले जनाएका छन् ।

    कोरोना संक्रमण फैलिन नदिन सरकारले गरेको बन्दाबन्दी –लकडाउन)को पर्वाह नगरी जसपाले काठमाडौंमा हजाराैंकाे उपस्थितीमा विरोध जुलुस प्रदर्शन गरेको हो । विरोध जुलुसमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई तथा जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव लगायत सहभागि छन् ।



    संसदको राज्य व्यबस्था समितिबाट पारित नागरिकता विधेयकमा राखिएको बैवाहिक अंगीकृत नागरिकता नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलाले ७ वर्षपछि मात्र पाउने प्रावधान खारेज गर्न जसपाले माग गरेको छ । र्‍यालीमा पूर्व मन्त्रीहरू महेन्द्र राय यादव, सरतसिंह भण्डारी, हिसिला यमी, रेणु यादव र चन्दा चौधरी लगायत सहभागि छन् । उनीहरूले नागरिकता विधेयकका विभेदकारी प्रावधान हटाउन माग गर्दै कालो ब्यानरसहित प्रदर्शन गरेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार