Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • नेपालमा बनाइएकाे काेराेनाकाे औषधि परीक्षणको तयारी

    नेपालमा बनाइएकाे काेराेनाकाे औषधि परीक्षणको तयारी

    अनलाइन नेपाल
  • मंगलबार, १६ असार २०७७
  • 2K
    SHARES

    काठमाडौं। कोरोना संक्रमणको औषधि पहिचान र उपचार पद्धतिलाई सहज बनाउन विश्वले नै विभिन्न औषधिको परीक्षण गर्दै आइरहेका बेला नेपालले पनि कोरोना संक्रमितलाई विभिन्न प्रकारको औषधि परीक्षण गर्ने भएको छ ।

    विश्व स्वास्थ्य संगठन तथा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहकार्यमा सरकारले तोकेका कोरोना अस्पतालमा कोरोना संक्रमण भई उपचार गराइरहेका बिरामीमा औषधि परीक्षण गर्ने तयारीमा नेपाल जुटेको छ ।



    नेपालले परीक्षण गर्न लागेका औषधिहरु अन्य रोग लागेका बेला प्रयोगमा आइरहेका र कोरोना संक्रमणलाई न्यूनीकरणमा के कतिको प्रभावकारी हुन्छ भन्नेबारेमा अध्ययन अनुसन्धानकै लागि उद्देश्यले प्रयोग गर्न लागिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान प्रमुख डा. मेघनाथ धिमालले बताए।



    कोरोना संक्रमितमा परीक्षण गरिन लागेका औषधिहरु विश्व स्वास्थ्य संगठनले स्वीकृत दिएको इबोला रोगविरुद्ध प्रयोग हुने रेम्डेसिभिर, एचआईभी एड्समा प्रयोग हुने लोपिनाविर र रिटोनाविर, डेक्सामेथासोन भएको डा. धिमालले बताउनुभयो । १५ वटा कोभिडका लागि तोकिएका अस्पतालमा उपचाररत झन्डै ८ सय बिरामीमा यो परीक्षण गर्ने लक्ष्य रहेको डा. धिमालले बताए ।

    विश्व स्वास्थ्य संगठनले यसअघि १ सयभन्दा बढी मुलुकलाई परीक्षणको स्वीकृति दिइसकेको छ र कोरोना संक्रमितमा सुधार आएको पनि उल्लेख गरिएको छ । हाल विश्व स्वास्थ्य संगठनले अनुसन्धानका लागि मात्र स्वीकृति दिएकाले नियमित औषधि प्रयोगमा भने आएको छैन । नेपाल समाचार पत्र

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार