Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तोकिएको आधिकारिक व्यक्तिबाट मात्र सूचना लिन अनुरोध

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आयोगबाट सूचना लिँदा तोकिएको आधिकारिक व्यक्तिबाट मात्र सूचना लिन अनुरोध गरेका छन् ।

आयोगका अध्यक्ष शर्माले आज जारी गरेको प्रेस विज्ञप्तिमा आयोगको नीतिविपरीत आयोगका सदस्य तथा कर्मचारीले बोल्न नहुने व्यवस्था रहेको हुँदा आयोगको आधिकारिक धारणाबारे भ्रम सिर्जना नगर्न/नगराउन सबैमा अनुरोध गरिएको छ ।

आयोगका प्रवक्ता वा सूचना अधिकारीबाट सम्प्रेषित विषय तथा आयोगको वेबसाइट www.nhrcnepal.org मा राखिएका विषयलाई नै आयोगको औपचारिक धारणा र सूचना मान्न हुन आयोगका अध्यक्ष शर्माले सबैलाई आग्रह गरे ,

आधिकारिक धारणा र औपचारिक निर्णय सार्वजनिक गर्न २०७५ पुस ११ गतेदेखि आयोगका सचिव वेदप्रसाद भट्टराईलाई प्रवक्तासमेतको जिम्मेवारी तोकेको थियो । आयोगका सदस्यले आआफ्नो तरिकाले सूचना दिँदा भ्रम सिर्जना हुने काम भएको उल्लेख गर्दै सचिव भट्टराईलाई नै प्रवक्ताको जिम्मेवारी दिएको थियो ।

आयोगसँग सम्बन्धित सूचना सम्प्रेषणका लागि आयोगको केन्द्रीय कार्यालयमा निर्देशक डा टीकाराम पोखरेललाई र सबै प्रदेश तथा शाखा कार्यालयमा एक/एक जना अधिकृतलाई सूचना अधिकारी तोकिएको छ ।

मानव अधिकारको अवस्था तथा मानव अधिकारका विविध पक्षका सम्बन्धमा अनुगमन, अध्ययन तथा अनुसन्धान गरी प्रतिवेदन सार्वजनिक गर्नुका साथै मानव अधिकार उल्लङ्घनका उजुरीउपर निर्णय गरी सरकारलाई नियमितरुपमा आवश्यक सुझाव तथा सिफारिस गर्दै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077