Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • राष्ट्रपतिद्वारा ५ विधेयक प्रमाणीकरण

    राष्ट्रपतिद्वारा ५ विधेयक प्रमाणीकरण

    अनलाइन नेपाल
  • सोमबार, १५ असार २०७७
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार पाँचवटा विधेयक प्रमाणीकरण गरेकी छिन् ।

    राष्ट्रपति भण्डारीले आर्थिक वर्ष २०७७/७८ को सेवा र कार्यका लागि सङ्घीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन् ।



    त्यस्तै राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक, ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक र केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेश, २०७७ लाई प्रतिस्थापन गर्न बनेको विधेयक उनले प्रमाणीकरण गरेकी हुन ।



    सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका ती विधेयक नेपालको संविधानको धारा १३३ को उपधारा ९२० बमोजिम प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार