Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • मन्त्रीको असहमतिकाबीच निजामती विधेयक बहुमतले पास

    मन्त्रीको असहमतिकाबीच निजामती विधेयक बहुमतले पास

    अनलाइन नेपाल
  • सोमबार, १५ असार २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले निजामती विधेयक बहुमतले पास गरेको छ । तर पारित भएको विधेयकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीको असहमतिका बाबजुद पारित भएको हो ।

    सोमबार बसेको समितिको बैठकले प्रदेश मन्त्रालयका सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको पद प्रदेश निजामती सेवा अन्तर्गत हुने प्रस्ताव पास गरेको हो । प्रदेश निजामती सेवा तयार नहुँदासम्म दुबै पदमा कर्मचारी संघीय सरकारले पठाउने छ ।



    बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले यसमा सरकारको धारणा फरक रहेको भन्दै त्यसलाई राख्न पाउनुपर्ने बताएका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार