Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • ‘ओलीको अभिव्यक्तिबारे सत्तारूढ नेकपाले प्रष्ट्याउनु पर्छ’

    ‘ओलीको अभिव्यक्तिबारे सत्तारूढ नेकपाले प्रष्ट्याउनु पर्छ’

    अनलाइन नेपाल
  • सोमबार, १५ असार २०७७
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिबारे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले प्रष्ट्याउनु पर्ने बताएको छ।

    प्रधानमन्त्रीबाट सार्वजनिक रूपमा उक्त भनाइ आएपछि सोमबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भारतले हटाउन खोज्दैछ भन्ने प्रधानमन्त्रीले नै भनेपछि नेकपाले यसबारे देशलाई प्रष्ट्याउन जरूरी भएको बताएका हुन्।



    शर्माले ट्वीटरमा प्रधानमन्त्रीलाई मेन्सन गर्दै भनेका छन्- भारतले हटाउन खोज्दैछ, प्रधानमन्त्रीले नै भनेपछि नेकपाले देशलाई प्रष्टाउन जरूरी छ।



    मदन भण्डारीको जन्मोत्सवका अवसरमा आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नयाँ नक्सा छापेपछि भारतले आफूलाई हटाउन खोजेको बताए थिए।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार