Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • मन्त्री ज्ञवालीकाे प्रश्न: फेक न्यूजहरु कसरी, कुन कारखानाबाट आए?

    मन्त्री ज्ञवालीकाे प्रश्न: फेक न्यूजहरु कसरी, कुन कारखानाबाट आए?

    अनलाइन नेपाल
  • सोमबार, १५ असार २०७७
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विभिन्न सञ्चार माध्यममा चीनले भूमि मिचेकाे समाचार प्रकाशित भएकाे विषयप्रति फेरि मुख खाेलेका छन्। उनले चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्ने प्रतिवेदन कसले, कहाँ बनाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताए।

    साेमबार राष्ट्रियसभामा समय लिएर बोल्दै मन्त्री ज्ञवालीले चीनसँग हुँदै नभएको सीमा विवादका विषयमा भ्रामक प्रतिवेदन कहाँबाट सार्वजनिक भयो भन्ने विषयमा अनुसन्धान भइरहेको बताए। उनले भने ‘कसरी प्रायोजित ढंगले समाचार आए? दुई देशको सम्बन्धलाई गम्भीर प्रभाव पार्ने यस्ता खालका फेक न्यूजहरु कसरी, कुन कारखानाबाट आए?, कसरी सर्कुलेट भए? भन्ने कुरालाई गम्भीर रुपमा लिएका छौँ।’



    भौगोलिक विकटताका कारण ३७ र ३८ नम्बर सीमा रेखा निर्माण नगर्ने सहमति दुबै देशबीच बनेको उनले बताए। उनले तथाकथित प्रतिवेदनसँग सम्बन्धित व्यक्तिको पहिचान गरी कारबाहीको दायरामा ल्याइने बताए।



    भारतसँग सीमा विवादका कारण पश्चिमको त्रिदेशीय सीमास्तम्भ कायम नभएको बाहेक चीनसँग कुनै ठाउँमा पनि सीमा समस्या नभएको उनले बताए।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार