Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • कोरोनाको त्रास बढेसँगै चीनमा फेरि लकडाउन

    कोरोनाको त्रास बढेसँगै चीनमा फेरि लकडाउन

    अनलाइन नेपाल
  • सोमबार, १५ असार २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९) विश्वभर फैलिएको छ ।

    शुरु भएको तीन महिनामा नै कोरोना मुक्त भएको भनिएको चीनमा फेरि पनि कोरोनाको त्रास फैलिएको छ । चीनमा केही महिनादेखि कोरोना संक्रमणमा कमी आएपछि लकडाउन खोलिएको थियो । 



    तर, अहिले चीनले राजधानी बेइजिङको निकट हिबेई प्रान्तमा कारोना भाइरस संक्रमण देखिएपछि कडा लकडाउन गरिएको छ ।



    चीनका सञ्चारमाध्यमहरुले जनाए अनुसार यो लकडाउनका कारण करिब ४ लाख मानिस प्रभावित हुनेछन् । यो हिबेईको एनसिनमा लगाइएको हो । जुन राजधानी बेइजिङनजिकै पर्छ ।

    एनसिन राजधानी बेइजिङबाट १५० किलोमिटर दक्षिणमा छ ।दुई साताअघि बेइजिङमा पुनः कोरोना संक्रमित भेटिँदा एनसिनमा मात्रै १८ जना संक्रमित भेटिएका थिए । एजेन्सी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार