Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • ‘प्रधानमन्त्री ओली नवसामन्तवादी’

    ‘प्रधानमन्त्री ओली नवसामन्तवादी’

    अनलाइन नेपाल
  • सोमबार, १५ असार २०७७
  • 2.6K
    SHARES

    काठकाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपाली जनताको अपमान गरेको भन्दैप्रधानमन्त्री केपी शर्मा ओलीलाई नवसामन्त, श्री ३ को संज्ञा दिएका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष लोहनीले प्रधानमन्त्री ओलीले आफूबाहेक नेपालमा कोही देशभक्त छैनन् भनेर नेपाली जनताको अपमान गरेको आरोप लगाएका हुन् ।



    चारवटा बुँदामा लेखिएको उनको आक्रोशपूर्ण विचारको १ र२ नम्बर बुँदामा प्रधानमन्त्रीको ‘आफूलाई पदबाट हटाउन भारत सक्रिए भएको लागेको’ भनाइकको खण्डन गरेका छन् ।



    ‘सम्माननीय प्रधानमन्त्रीजी, नेपालको नयाँ नक्सा जारी गरेवापत विदेशी र स्वदेशी मिलेर तपाईलाई हटाउन प्रयास हुँदैछ भन्ने तपाईको आरोप पढियो’ डा. लोहनीले लेखेका छन्–‘तपाईको विश्लेषण गलत छ, किनभने तपाईलाई हटाउन तपाईं आफैं कस्सिएर लाग्नुभएको छ, एकपटक शान्त भएर आफूले आफूलाई हेर्नुहोस् थाहा पाउनुहुनेछ ।’

    उनले भनेका छन्–‘तपाईको विरोध तपाईको श्री ३ शैलीको अधिनायकवादी र सर्वसत्तावादी सँस्कार, भ्रस्टाचारलाई राजनीतिको प्रमुख अंग सम्झने प्रवृत्ति र आफ्ना भारदारहरुलाई देश जति लुटे पनि लुट्न छुट दिने तपाईंको नवसामन्ती प्रवृत्तिको कारणले हो ।’

    सही कुरामा जनता र दलहरुले प्रधानमन्त्री ओलीलाई साथ दिएको बताउँदै डा. लोहनीले लेखेका छन्–‘तपाईंले भद्रभलादमी प्रतिपक्ष पाउनुभएको छ जो तपाईंको हत्तपत्ति विरोध गर्दैनन् । नयाँ नक्साको बारेमा तपाईको पार्टी र अन्य सबै पार्टी तथा आम नेपाली जनताले तपाईलाई साथ दिएका छन् । विचार गर्नुहोस्, कुनै विदेशीको मुख हेरेको भए यो एकता सम्भव हुने थिएन र संसदबाट सिमाना सम्बन्धी प्रस्ताव निर्विरोध पारित हुने थिएन ।’

    ‘यो देख्दादेख्दै अरुलाई विदेशीबाट सञ्चालित भन्नु तपाईंबाहेक अरु कोही नेपालमा देशभक्त छैनन् भन्नु हो । यो भनाइले तपाई सबै नेपाली जनताको अपमान गर्दै हुनुहुन्छ । आफू बाहेक अरु सबैलाई विदेशीबाट सञ्चालित छन् भन्ने दृष्टिकोण तपाईको कमजोर र हतास मनस्थितिको परिचायक हो ।’ डा. लोहनीले अगाडि भनेका छन् ।

    ‘प्रजातन्त्रका नाममा आजको नयाँ पिँढीले तपाईको भारदारी शासन स्वीकार गर्दैनन् । यदि म गल्ती हँँ भने तपाईले ओम्नी काण्ड, यती जग्गा काण्ड, वाइडबडी जहाज कमिसन काण्ड, न्यारो बडी हवाईजहाज काण्ड, सुन काण्ड, एनसेल काण्ड जस्ता अनैको विवादको न्यायिक छानविन गर्ने घोषना गर्नुहोस् ।’ कडा आक्रोश पोख्दै डा. लोहनीले भनेका छन्–‘साथै सबै दलका नेताहरुको सम्पत्ति छानविन गर्न अधिकार सम्पन्न आयोग गठन गर्ने हिम्मत गर्नुहोस् ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार