Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • पूर्वराजा ज्ञानेन्द्रसँग सम्पर्क बढाउँदै भारतीय राजदुत

    पूर्वराजा ज्ञानेन्द्रसँग सम्पर्क बढाउँदै भारतीय राजदुत

    अनलाइन नेपाल
  • सोमबार, १५ असार २०७७
  • 6K
    SHARES

    काठमाडौं । लिम्पियाधुरा सहितको नेपालको नक्शा जारी गर्न राष्ट्रिय सहमति जुटे लगत्तै भारतीय दूताबासले पूर्वराजा ज्ञानेन्द्र शाहसँग सम्पर्क अघि बढाएको छ ।

    समाचारस्रोतका अनुसार भारतीय राजदूत विनयमोहन क्वात्रासँग सम्पर्क गर्न खोजेपछि पूर्वराजा शाहले आफ्ना ज्वाइँ राजबहादुर सिंहलाई प्रतिनिधि तोकेका छन् ।



    यस्तो बेलामा भारतीय राजदूतसँग भेट गरेको कुरा सार्वजनिक हुँदा नराम्रो सन्देश जाने भन्दै पूर्वराजा शाहले ज्वाइँलाई प्रतिनिधि तोकेका हुन् ।



    राजाका ज्वाँइ सिंह र शाही नातेदार कपिल राणालाई लिएर राहुल चौधरी नाम गरेका एक व्यापारी भारतीय दूतावास छिरेका थिए ।  लिम्पियाधुरा सहितको नक्शा जारी भएकोमा खुशीयाली प्रकट गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलका शीर्ष नेताहरुलाई बोलाएर रात्री भोज दिएको भोलिपल्ट भारतीय दूतावासले पूर्वराजा शाहका प्रतिनिधिद्धय सिंह र राणासँग भेटघाट गरेका थिए ।

    भेटघाटमा मधेसीदलका केही नेता पनि सामेल रहेको बुझिएको छ । त्यसको अर्को दिन राजधानी काठमाडौंकै होटल भिमान्तमा भारतीय दूतावासले राजपरिवारका सदस्य र मधेसी दलका केही नेताहरुलाई बोलाएर रात्रीभोजको आयोजना गरेको समाचार स्रोतले जनाएको छ ।

    नेपालमाथि आर्थिक नाकाबन्दी लगाउनेसम्मको कुरा त्यस बेला भएको थियो । आर्थिक नाकावन्दी लगाएर नेपालको जनजीवनमा हाहाकार मच्चाउने र त्यही मौकामा आन्दोलन उठाएर राजतन्त्र पुर्नवहाली गर्नेसम्मको कुराकानी उक्त जमघटमा भएको बुझिएको छ । मधेसी नेतृ सरिता गिरी भने उक्त जमघटमा सरिक भएकी थिइनन् ।

    सोही जमघट पछि गिरीले नक्शा जारी गरिएकोमा संसदमा असन्तुष्टि प्रकट गरिन् । यो असन्तुष्टि भारतीय दूतावासको इसारामा भएको धेरैले अनुमान गरेका छन्, तर शाही शासनकालमै डाक्टर तुलसी गिरिले तत्कालिन राजा ज्ञानेन्द्र र सरिता गिरीबीच संबन्ध सुमधुर बनाइ दिएका थिए । जनआन्दोलन सम्पन्न हुनु एक महिना ढिलो भएको भए सरिता गिरी शाही शासनकालकी मन्त्री बन्ने थिइन् ।

    मधेसवादी दलका नेता र राजपरिवारका सदस्यसहितको रात्रिभोज भारतीय राजदूतावासका डिसीएम अजकुमारले संयोजन गरेका हुन् । त्यो रात्रिभोजमा जनता समाजवादी पार्टीका नेताहरु लक्ष्मणलाल कर्ण, मोहम्मद इस्तिहाक राई, प्रदीप यादव, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत तथा उनका कानुनी सल्लाहकार दीपेन्द्र झा, पूर्व राजपरिवारका नातेदार राजवहादुर सिंह, कपिल राणा र राहुल चौधरीलगायत सहभागी भएको स्रोतले जनाएको छ ।

    नयाँ नक्शा जारीपछि प्रतिगामी शक्ति तथा मधेसी दललाई भारतले उचाल्नु र लकडाउनमा समेत साना दलहरुले अरु नै माग राखेर आन्दोलन गर्नुलाई संयोग मात्रै मानिएको छैन ।

    राजावादीहरु त लिम्पियाधुरा मात्रै होइन टिष्टादेखि शतलजसम्मको नक्शा जारी गर्नु पर्ने भन्दै ज्ञानेन्द्र शाहको फोटो भएको व्यानर बोकेर सडकमा उत्रेका थिए तर जनताले सहभागिता जनाएनन् ।
    तरुण साप्ताहिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार