Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • के नेकपाभित्र दिल्लीका एजेन्ट छन् ?

    के नेकपाभित्र दिल्लीका एजेन्ट छन् ?

    अनलाइन नेपाल
  • सोमबार, १५ असार २०७७
  • 3.1K
    SHARES

    काठमाडाैँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउनका लागि भारतीय राज्य संयन्त्र नै सक्रिय भएर लागेको दावी गरेका छन् ।

    ओलीले आफूलाई पदबाट हटाउन ‘एम्बेसी’ र होटेलहरूमा चलखेल भइरहेको भन्दै औपचारिक अभिव्यक्ति दिएका छन् ।



    नेपालको इतिहासमा बहालवाला प्रधानमन्त्रीले छिमेकी दूतावासले आफूलाई हटाउन प्रयास गरेको अभिव्यक्ति दिएको यो पहिलोपटक हो ।



    स्व.जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि भारतीय मिडिया, त्यहाँका बुद्धिजीवी र राज्यसंयन्त्र आफूलाई हटाउन लागेको दावी गरेका थिए ।

    ‘अहिलेको अहिल्यै केपी ओलीलाई नहटाइ हुँदैन, पहिला चीनतिरको ट्रान्सपोर्ट ट्रान्जिट सम्झौता गरेर फर्केपछि सरकार ढलेको थियो । अहिले यस्तो अपराध गर्नेलाई चाहिँ… भनेर भनिएको छ । बाहिर नभन्ने, तर भित्र–भित्र यहाँका होटलहरूमा भइरहेका गतिविधि, एम्बेसीको सक्रियता, त्यसले पनि बताइरहेको छ,’ प्रधानमन्त्री ओलीले भनेका थिए ।

    बहालवाला सरकार प्रमुखबाट छिमेकी देशको दूतावास आफूविरुद्ध परिचालन भएको अभिव्यक्ति आउनु नेपालको इतिहासमा मात्र होइन, विश्वकै इतिहासमा दुर्लभ मानिन्छ ।

    प्रधानमन्त्री ओलीको अभिव्यक्तिले तरंग पैदा गरेको छ। उनको भनाइको सामाजिक सञ्जालमा टिप्पणी भइरहेको छ ।

    पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले त प्रधानमन्त्री ओलीलाई हटाउने उचित समय कहिले रहेछ? भन्दै प्रश्न नै गरे।

    भट्टराईले ट्वीटरमार्फत् बहुमतप्राप्त ओलीलाई आफ्नै पार्टीबाहेक अरुले हटाउन सक्ने संविधानमा नभएको बताए।

    त्यस्तै नेपाली कांग्रेसका नेता धनराज गुरुङले प्रधानमन्त्रीलाई तपाईँको पार्टीभित्र दिल्लीका एसेट्सहरुको बहुमत छ र? भन्दै प्रश्न गरेका छन्।

    धनराजले ओलीलाई राति-राति दूत पठाएर भारतीय राजदूतलाई भेट्न लगाएको समेत आरोप लगाए। केही दिन अघि प्रधानमन्त्री ओलीका प्रियपात्र मानिने पूर्व संचारमन्त्री गोकुल बाँस्कोटा भारतीय राजदूतसँग दूतावासमा नै भेट भएको सार्वजनिक भएको थियो।

    त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका (राप्रपा) अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति चार बुँदे धारणा राखेका छन्।

    लोहनीले न्यारोबडी, बाइडबडी, ओम्नी लगायतका काण्डको छानविन गर्न माग गर्दै नेताहरुको सम्पत्ति छानविन गर्न आयोग गठन गर्न पनि सुझाए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार