Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • काम नगर्ने कर्मचारी हटाउने चेतावनी

    काम नगर्ने कर्मचारी हटाउने चेतावनी

    अनलाइन नेपाल
  • सोमबार, १५ असार २०७७
  • 2.7K
    SHARES

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राम्रो कार्यसम्पादन नगर्ने कर्मचारीलाई विनम्रतापूर्वक हटाइने बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित मन्त्रालय अन्तर्गतको एसएमटी (सिनियर मेनेजमेन्ट टिम) को बैठकलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले आगामी आर्थिक वर्षको सुरुवातवाटै मन्त्रालय काममा ‘प्रोएक्टिभ’ भएर लाग्ने बताए।

    मन्त्री भट्टराईले भने, ‘अहिल्यै मैले पूर्वसूचना गरेको छु। साउनबाट हामी काममा ‘प्रोएक्टिभ’ भएर लाग्छौं। राम्रो काम नगर्ने कर्मचारीलाई हटाइन्छ। त्यो बेला मन्त्रीले बलपूर्वक हटायो नभन्नु होला।’ आफूले प्रधामन्त्रीसँग, सचिवले आफूसँग कार्यसम्पादन सम्झौता गर्ने अभ्यास स्मरण गराउँदैमन्त्री भट्टराईले भने, ‘तपाईंहरुले पनि सचिवसँग कार्यसम्पादनको सम्झौता गर्नुपर्छ। उक्त सम्झौताअनुसार काम भए÷नभएको हरेर कसैमाथि पूर्वाग्रह नराखी पुरस्कृत र कार्बाही जे गर्नुपर्ने हो त्यो गरिन्छ।’



    हरेक १ वर्षमा कक्षा चढेजस्तै आफूहरुको पनि एउटा कक्षा चढ्ने बेला आएको उल्लेख गर्दै मन्त्री भट्टराईले भने, ‘हामीले राम्रो अंकका साथ कक्षा उत्तिर्णहुनैपर्छ। चालु वर्षमा सम्पन्न हुन बाँकी काम पनि १५ दिनभित्र गर्न गर्नुहोला।’ बैठकमा मन्त्री भट्टराईले प्रत्येक हप्ता प्रत्येक महाशाखाहरुको कामको रिपोर्टिङ गरिने बताए। साथै, कोभिड–१९ पछि सबै विमानस्थलहरु सञ्चालन गर्ने गरी प्रोटोकलको पूर्वतयारी गर्न, होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालनका लागि जारी भएको प्रोटोकलको कार्यान्वयन र अनुगमन गर्न पनि सम्बन्धित महाशाखा÷निकाय प्रमुखलाई निर्देशन दिए।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार