Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • त्यो धान दिवस, जसले पराजुलीको मन्त्री पद गुम्यो अनि गुमनाम भए

    त्यो धान दिवस, जसले पराजुलीको मन्त्री पद गुम्यो अनि गुमनाम भए

    अनलाइन नेपाल
  • सोमबार, १५ असार २०७७
  • 4.9K
    SHARES

    काठमाडौं । आज असार १५ अर्थात राष्ट्रिय धान दिवसमा किसानहरु दहि चिउरा खाँदै हर्षोल्लासका साथ धान रोपाईँ गर्ने दिन  ।

    तर, त्यो एउटा धान दिवसले जहिल्यै सबैलाई सम्झाउँछ , जसले बहालवाला मन्त्रीको पद नै खाइदियो । असार १५ मा किसानलाई रोपाइँको चटारो भए पनि राज्यका उच्च तहका ‘भिआईपी’हरुलाई वर्षमा एक पटक खेतमा पस्ने र हिलो छ्याप्ने अवसर बन्दै आएको छ ।



    पाँच बर्ष अघि तत्कालिन कृषिमन्त्री हरिप्रसाद पराजुली ‘भिआईपी’ कृषक बनेर  असार १५ मा मुलपानीको एउटा खेतमा धान रोप्न पुगेका थिए । तर, उनको लागि त्यो रोपाइँ यति अभिशाप बन्यो की उनले मन्त्री पदबाट राजिनामा नै दिनु पर्यो ।



    असार १५ को अवसर पारेर मन्त्रीदेखि कलाकारसम्म खेतमा धान दिवसको रमाइलोमा जुटेका थिए । काठमाडौंको मुलपानीमा पुगेका कृषिमन्त्री हरि पराजुलीले भने खेतमै रमिता देखाएका थिए । जसका कारण उनको मन्त्री पद नै धरापमा परेको थियो ।

    उनले आफ्नो जिउमा लागेको हिलो पुछ्न महिलाकै फरियाको सहायता लिए । रमाइलो गर्ने बहाना मन्त्री जस्तो गरिमामय पदको पदीय मर्यादालाई नै लत्याएर अंगालो नै हाले ।

    ती महिलाले पराजुलीलेलाई नगर्नु–नगर्नु भन्दै थिइन् तर, पराजुली भने पुनः उही शैलीमा लम्किरहेका थिए ।अप्ठयारो महसुस गरेकी ती महिलाले मन्त्रीको असभ्य व्यवहारप्रति  हात लाउँदै गाली गर्दै उम्किन सफल भइन् ।

    तर, पनि पराजुली आफूलाई नियन्त्रणमा राखेनन् । उनको गालीलाई वास्तै नगरी फेरि अर्की महिलासँग पनि अंगालो हाल्न पुगेका थिए । मन्त्रीले एकपछि अर्को गर्दै अन्य केही महिलासँग पनि यस्तै दुर्व्यहार गरेका थिए । जसका कारण उनले मन्त्री पदबाट राजिनामा नै दिनु पर्यो । पराजुली आज त्यो दिन सम्झिरहेका होलान । यो घटनापछि  उनी गुमनाम पनि छन्।

    तस्वीर : सामाजिक सञ्जालबाट

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार