Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • आईएमएसद्वारा स्मार्टडोकोमा लगानी

    आईएमएसद्वारा स्मार्टडोकोमा लगानी

    अनलाइन नेपाल
  • आइतबार, १४ असार २०७७
  • 2.8K
    SHARES

    काठमाडौं। आईएमएस ग्रुपले स्मार्टडोकोको पर्याप्त हिस्सेदारी हासिल गर्न निश्चित सम्झौता गरेको छ ।  स्मार्टडोको नेपालको सबैभन्दा ठूलो ई–कमर्स प्लेटफर्मका रुपमा परिचित छ ।

    कम्पनीले विगत चार बर्ष देखि अधिकृत कम्पनीहरूबाट केवल जेनुवन सामानहरू अर्डर गर्न र केही घण्टामै ग्राहकको ढोकामा पु-याउन सहज सुविधा प्रदान गर्दै नेपाली बजारमा काम गरिरहेको छ ।



    यस कम्पनीको सुविधाहरुः जस्तै रिंगरोड भित्र निःशुल्क डेलिभरी, रिवार्ड पोइन्ट सिस्टम, स्मार्टडोको एक्सक्लूसिभ उत्पादनहरू, सजिलो रिटर्न पोलिसी, छुट कुपन, बहु भुक्तानी विकल्प, आदि हुन् ।



    जसका कारण स्मार्टडोको सबैभन्दा मनपर्ने अनलाइन साइटहरूमध्ये एक मानिन्छ । नयाँ युग डिजिटल हुँदै गइरहेको साथसाथै स्मार्टफोन र अनलाइन क्षेत्रमा तिब्रगतिले विश्वव्यापी ई–कमर्समा ठूलो वृद्धि देखिएको छ ।

    त्यसैले आईएमएस ग्रुपले स्मार्टडोकोमा थप  लगानी गर्ने निर्णय गरेको जनाएको छ  । ‘सम्पूर्ण विश्व महामारीको चपेटामा परिरहेको बेला ग्राहकहरु आक्रामक रूपमा अनलाइन शपिंगको प्रयोग गरिरहेको अवस्थामा हामीले निकट भविष्यमा ई–कमर्सको व्यवसाय फस्टाउदै गई रहेका देख्छौं । तसर्थ, कम्पनीले हालको आवश्यकताहरू सम्बोधन गर्न र डिजिटल वल्र्डको साथ जारी राख्न एक क्लिक समाधान प्रदान गर्नका लागि स्मार्टडोकोमा लगानी गर्ने निर्णय गरेको छ ।’ आईएमएस ग्रुप अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत दिकेश मलहोत्राले वताए ।

    उनले भने , ‘हाम्रो प्राथमिक उद्देश्य, स्मार्टडोको को ग्राहक अनुभवमा उल्लेखनीय बृद्धि गर्नु हो । हामी ग्राहकहरूको सकारात्मक र नकारात्मक प्रतिक्रियाबाट धेरै सचेत छौं । हाम्रो प्रमुख प्रयास ग्राहकहरूका जिज्ञासाहरुलाई सम्बोधन गर्नु र निर्देशित गर्नु हो । थप रूपमा हामी दुबै वेबसाइट र मोबाइल एप्लिकेशनलाई पुनः सुधार गर्दैछौं, ताकि स्मार्टडोको प्रयोगकर्ताहरूलाई सहज र आकर्षक ईन्टरफेसको अनुभव होस् । साथसाथै स्मार्टडोको पुनः ब्रान्डिङ्ग गर्नको लागि हाम्रो शुरुवाती चरणको रूपमा स्मार्टडोकको नयाँ लोगो प्रस्तुत गर्न चाहन्छौं । हामीलाई पूर्ण विश्वास छ कि हाम्रा रहीरहेका र नयाँ ग्राहकहरूलाई सन्तुष्टि प्रादन गर्न सक्नेछौं ।’

    आईएमएस ग्रुप अन्तर्गत २० भन्दा बढी कम्पनीहरु छन् । आईएमएस नेपालमा सामसङ्ग स्मार्टफोनको राष्ट्रिय वितरक हो । सन् १९९८ मा आधिकारिक रूपमा मोबाइल फोन आयात गर्ने यो नेपालको पहिलो कम्पनी हो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार