Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, एक दर्जनभन्दा बढी घाइते

    सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, एक दर्जनभन्दा बढी घाइते

    अनलाइन नेपाल
  • आइतबार, १४ असार २०७७
  • 4K
    SHARES

    सांकेतिक तस्बिर

    सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकामा  नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा एक दर्जनभन्दा बढी घाइते भएका छन् । झडपका क्रममा गोली चलेको वताइएको छ ।

    घटना सामान्य भएपनि पछि उग्र बन्दै गएपछि गोली चलेको स्रोतले वतायो ।



    घाइतेमध्ये धेरै कांग्रेस कार्यकर्ता रहेको स्थानीय बताउँछन् । ट्याक्टरले मोटरसाइकललाई धक्का दिएको भन्दै सुरु भएको विवाद बढ्दै जाँदा झडप भएको हो । झडपका क्रममा गोली चलेको बताइए पनि प्रहरीले भने त्यसको पुष्टि गरेको छैन ।



    झडपका क्रममा घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भिर रहेको छ । सबैलाई उपचारका लागि एम्बुलेन्समा राखेर अस्पताल लगिएको प्रहरीले जनाएको छ  ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार