Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • कांग्रेसको १४ औँ महाधिवेशन कार्यतालिका परिमार्जन हुने, केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्ने

    कांग्रेसको १४ औँ महाधिवेशन कार्यतालिका परिमार्जन हुने, केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्ने

    अनलाइन नेपाल
  • आइतबार, १४ असार २०७७
  • 4K
    SHARES

    File Photo

    काठमाडौं । नेपाली काग्रेसको १४ औँ महाधिवेशनको परिमार्जित कार्यतालिका अनुमोदनका लागि केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्ने भएको छ ।

    दिउँसो १ बजे बस्ने केन्द्रीय समिति बैठकमा पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि आमन्त्रण गरिएको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।



    आउँदो फागुनमा हुने भनिएको केन्द्रीय महाधिवेशन कोरोनाका कारण प्रभाावित हुने देखिएकाले अधिवेशन तालिका हेरफेर हुने कांग्रेसले जनाएको छ । यद्यपि, तल्लो तहका अधिवेशनहरुको कार्यतालिका भने हेरफेर हुने भएको छ ।



    आशन्न महाधिवेशनका बारेमा छलफल गर्न आइतबार दिउँसो बसेको कांग्रेस पदाधिकारी बैठकले पार्टीको केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित मितिमै गर्ने निर्णय गरेको छ । बैठकले कोरोनाका कारण प्रभावित तल्लो तहका अधिवेशनको मिति भने हेरफेर गर्ने निर्णय गरेको छ ।

    साथै कोरोना रोकथाम र उपचारमा थप प्रभावकारी काम गर्न सरकारलाई दबाब दिन आन्दोलनको कार्यक्रम घोषणा गर्ने आजको बैठकले निर्णय गरेको छ । आन्दोलनको घोषणा पनि केन्द्रीय समितिले गर्ने कांग्रेसले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार