Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • राजु सदाको मृत्यु प्रकरण : प्रदेशसभाद्वारा अध्ययन समिति गठन

    राजु सदाको मृत्यु प्रकरण : प्रदेशसभाद्वारा अध्ययन समिति गठन

    अनलाइन नेपाल
  • आइतबार, १४ असार २०७७
  • 4.1K
    SHARES

    जनकपुरधाम । राजु सदाको मृत्युबारे छानबिन गर्न प्रदेश २ को प्रदेशसभाले समिति गठन गरेको छ । समितिलाई ५ दिनको समयावधी दिइएको छ।

    आइतबार बसेको प्रदेशसभा बैठकले सांसदहरु रवीन्द्र बैठा, चमेलीदेवी दास, सुरिताकुमारी साह, नरेशकुमार यादव र सावित्री देवी साह रहेको समिति गठन गरेर प्रतिबेदन बुझाउन ५ दिनको समय दिएको हो ।



    समितिले सभामुखको निर्देशनमा रही आफ्नो कार्यविधि तयार पार्नेछ । संसदीय समितिले राजुको मृत्युका विषयमा विज्ञहरुसँग कुराकानी र छलफलसहित अन्य व्यक्ति, निकाय वा पदाधिकारीसँग समेत छलफल गरी प्रतिवेदन तयार समितिमा पेश गर्नेछ ।



    गत असार ९ गते प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलनमा छटपटिएर राजुको मृत्यु भएको थियो । पखाला लागेका उनलाई जीवन जलसमेत नदिएका कारण छटपटिएर मृत्यु भएको परिवारको दिबी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार