Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • थप १७९ जनाले कोरोनालाई जिते, कोरोना मुक्त हुनेको संख्या ३ हजार १३ पुग्यो

    थप १७९ जनाले कोरोनालाई जिते, कोरोना मुक्त हुनेको संख्या ३ हजार १३ पुग्यो

    अनलाइन नेपाल
  • आइतबार, १४ असार २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । नेपालमा थप १७९ कोरोनाले कोरोना भाईरसलाई जितेसंगै कोरोना मुक्त भएर डिस्चार्ज हुनेको संख्या ३ हजार १३ पुगेको छ । जसमध्ये २८ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दिएको जानकारी अनुसार आइतबार रौतहटबाट ४६ जना पुरुष, धनुषबाट ११ जना पुरुष, नारायणी अस्पताल पर्साबाट ५ जना महिला २३ जना पुरुष, जलेश्वर अस्पताल महोत्तरीबाट ३ जना पुरुष, साइ कृष्ण आइसोलेशन सप्तरीबाट १ जना महिला र १५ जना पुरुष, कोरोना विशेष अस्पताल दाङबाट ६ महिला र ३३ पुरुष, सिराहा अस्पताल सिराहबाट ३ जना पुरुष, महेन्द्र जनरल अस्पताल सिराहबाट १ महिला र १२ जना पुरुष र कलैया अस्पताल बाराबाट १७ जना पुरुष कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् ।



    डिस्चार्ज भएका १ सय ७९ जना मध्ये १३ जना महिला र १६६ जना पुरुष रहेका प्रवक्ता गौतमले जानकारी दिए ।



    त्यस्तै, डिस्चार्ज भएका कुल ३ हजार १३ जना मध्ये २ सय ५५ जना महिला र २ हजार ७ सय ५८ जना रहेका मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार