Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • प्रहरीमा बरियताक्रम भन्दा पनि सक्षमलाई नेतृत्वको जिम्मा दिनुपर्छ : पूर्व एआईजी ढकाल (भिडियाे सहित)

    प्रहरीमा बरियताक्रम भन्दा पनि सक्षमलाई नेतृत्वको जिम्मा दिनुपर्छ : पूर्व एआईजी ढकाल (भिडियाे सहित)

    कुमार भण्डारी
  • आइतबार, १४ असार २०७७
  • 5K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) नवराज ढकालले नेपालमात्र नभई विश्वभर नै फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीका बेला सुरक्षा निकायले निभाएको भूमिका एकदमै सह्राहनीय भएको बताएका छन् ।

    अनलाईननेपाल डटकमसँगको अन्तर्वातामा ढकालले सीमित स्रोत र साधनकाबीच पनि नेपाल प्रहरीले फ्रण्टलाईनमा रहेर काम गरेको प्रति आफू सन्तुष्ट रहेको बताए ।



    विदेशबाट नेपाल ल्याइने नागरिकको व्यवस्थापनका लागि नेपाली सेनालाई परिचालन गरेको सन्दर्भमा पूर्व एआईजी ढकालले सरकारको उचित निर्णय भएको दावी गरे ।



    पछिल्लो समय नेपाल प्रहरी कमजोर बन्दै गएको गुनासाहरु बढिरहेका छन् नि ? भन्ने अर्को प्रश्नमा उनले भने–‘तीन करोड नेपालीको सुरक्षाको जिम्मेवारी लिएको संस्था नेपाल प्रहरीमा राजनीति घुसाउन र संस्था कमजोर बनाउन संसारमा कही नभएको ३० वर्षे लगाइयो, जसले गर्दा पनि नेपाल प्रहरी कमजोर बन्न पुग्यो ।

    ३० वर्षे लगाउँदा २८ वर्षसम्म एसएसपी बन्नका लागि दौडनु पर्ने र बाँकीको २ वर्षमा २ प्रमोसन खाएर अवकाश पाउनु पर्ने । आफै असुरक्षित भएर काम गरिरहेका नेतृत्व पंक्तिबाट सञ्चालित रहेको संस्था जतिसुकै क्षमतावान नेतृत्व भएपनि काम गर्ने वातावरण बन्न सक्दैन, भएको यहि हो ।’

    संस्थालाई सक्षम बनाइयो भने आफूले भनेअनुसार चलाउन सकिन्न भन्ने बुझेर शीर्ष नेताहरुले नै कहि न कहिँ कमजोर पक्ष राखेका छन्, जसले गर्दा नेपाल प्रहरीले मात्रै होइन कुनै पनि संस्थाले सोचे अनुरुप काम गर्न नसकेका पूर्व एआईजी ढकालको भनाई छ ।

    नेपाल प्रहरीका आईजीपी ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवाहदका कारण आगामी असार २५ गते अनिवार्य अवकाश पाउँदैछन् ।

    नयाँ प्रहरी नेतृत्व चयनका विषयमा पूर्व एआईजी ढकालले बरियताक्रमलाई हेर्ने भन्दा पनि सक्षम र सवल व्यक्तिलाई नेतृत्व गर्ने जिम्मेवारी दिनुपर्ने धारणा राखे । नेपाल प्रहरीमा त वरियताक्रम छ नि ? भन्ने प्रश्नमा उनले भने–‘त्यसो हो भने त इन्सपेक्टर हुँदा १ नम्बरमा भएको व्यक्तिलाई नै आईजीपी बनाए भइहाल्यो नि ? वरियताक्रम भनेको जुन पदमा छ, त्यसका लागि हो । जस्तै एआईजीमा १, २, ३ जतिपनि हुनुहुन्छ । त्यो एआईजीकै लागि हो । एआईजी बनिसकेको व्यक्ति आफैमा क्षमतावान हुन्छ । त्यसबाट पनि जो अझै अब्बल छ उसलाई नेतृत्व दिनुपर्छ ।’

    पूर्व एआईजी नवराज ढकालसँग अनलाइन नेपालका लागि कुमार भण्डारीले गरेकाे भिडयाे अन्तर्वार्ता 

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार