Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • सुनको मूल्य अहिलेसम्मकै उच्च

    सुनको मूल्य अहिलेसम्मकै उच्च

    अनलाइन नेपाल
  • आइतबार, १४ असार २०७७
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । आइतबार नेपाली बजारमा सुनको नयाँ मूल्य कायम भएको छ ।

    निरन्तर बढिरहेको सुनको मूल्य आइतबार अहिलेसम्मकै उच्च तोलामा ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



    महासंघका अनुसार शुक्रबार तोलामा ९० हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार तोलामा ७०० रुपैयाँले बढेर ९१ हजार ३०० रुपैयाँ पुगेको हो।



    यसअघि असार ११ गते सुनको मूल्य तोलामा ९१ हजार १०० रुपैयाँ पुगेर रेकर्ड बनेको थियो । यसैगरी तेजावी सुन आइतबार ९० हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदी तोलामा ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार