Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • २४ जिल्लाका चार इन्सपेक्टरसहित ७५ प्रहरीमा कोरोना संक्रमण

    २४ जिल्लाका चार इन्सपेक्टरसहित ७५ प्रहरीमा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • आइतबार, १४ असार २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । २४ जिल्लाका चार इन्सपेक्टरसहित ७५ प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।पछिल्लो समय प्रहरीमा पनि संक्रमितको संख्या बढ्दै गएको र आफूले उपलब्ध भएसम्म स्वास्थ्य सतर्कता अपनाएर काम गरिरहेको प्रहरी प्रवक्ता डीआईजी निरज शाहीले जानकारी दिए ।

    प्रहरी प्रधान कार्यालयका अनुसार संक्रमितमध्ये चारजना प्रहरी निरीक्षक (इन्सपेक्टर) समेत छन् । ४१ जना भने डिस्चार्ज भइसकेका छन् । जसमा २ महिला र ७३ पुरुष छन् ।



    संक्रमित प्रहरीमा कपिलवस्तुका ६, गुल्मीका १, प्यूठानका २, दाङका १, बागलुङका १, बाराका ७, धनकुटाका २, बाँकेका १, धनुषाका १०, सप्तरीका ४, सिरहाका ३, सर्लाहीका २, तनहुँका २, रौतहटका ४ छन् ।



    यस्तै महोत्तरीका २, जुम्लाका २, जाजरकोटका १, सुर्खेतका ४, दैलेखका ९, कञ्चनपुरका ३, अछामका १, बाजुराका १, काठमाडौंका ५ र भक्तपुरका १ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार ५० जना प्रहरी क्वारेन्टिनमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार