Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • इमरानले भने-मोदी साधारण मात्र नभई मानसिक रोगी पनि हुन्

    इमरानले भने-मोदी साधारण मात्र नभई मानसिक रोगी पनि हुन्

    अनलाइन नेपाल
  • आइतबार, १४ असार २०७७
  • 2.1K
    SHARES

    एजेन्सी । पाकिस्ताका प्रधानमन्त्री इमरान खानले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीमाथि कटाक्ष बाेलेका छन्। उनले माेदीमाथि हमला गर्दै मोदी साधारण व्यक्ति नभई मानसिक रोगी भएकाे जिकिर गरेका हुन्। भारतलाई माेदीले विध्वंसतिर लगेको उनकाे भनाइ छ। पाकिस्तामा छापिने उर्दू पत्रिकामा यसहप्ता कोरोना भाइरसबाहेक इमरान खानले संसदमा दिएको एक बयानमा उनले उक्त कुरा बाेलेका थिए।

    इमरान खानले भने, ‘नरेन्द्र मोदी भारत प्रशासित कश्मीरमा नरसंहार गराउँदै छन् र अन्तर्राष्ट्रिय जगतले यसबारे थाहा पाउनुपर्छ । भारत प्रशासित कश्मीरका जनताको स्वतन्त्रताका लागि चलिरहेको संघर्षलाई शक्तिको आडमा दबाउन सकिँदैन ।’



    पत्रिका दुनियाँका अनुसार इमरान खानले पाँच अगस्ट अघि भारत प्रशासित कश्मीरको समस्यालाई संसारभरी उजागर गर्नका लागि भरपुर आन्दोलन चलाइने जानकारी दिए । इमरानले सो कुरा भारत–पाकिस्तान नियन्त्रण रेखामा बसेका मानिसहरुका लागि कल्याणकारी योजना ‘एहसास इमर्जेन्सी क्यास प्राग्राम’ को उद्घाटनका बेला गरेका हुन् ।



    यो योजना अन्तर्गत नियन्त्रण रेखामा पाकिस्तानतर्फ बसेका एक लाख ३८ हजार परिवारलाई नगद सहायता दिइनेछ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार