Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • हङकङ र मकाउबाट ८२ नेपाली स्वदेश फिर्ता, एनआरएन मकाउको सहयोग

    हङकङ र मकाउबाट ८२ नेपाली स्वदेश फिर्ता, एनआरएन मकाउको सहयोग

    अनलाइन नेपाल
  • आइतबार, १४ असार २०७७
  • 3.2K
    SHARES

    मकाउ।  कोरोना महामहारीको मारमा परेका हङकङबाट १९ र मकाउबाट ६३ जनासहित ८२ नेपाली हिजो स्वदेश फर्किएका छन्।

    एनआरएनए मकाउका अध्यक्ष पुर्ण गुरुङका अनुसार मकाउमा रोकिएका र नेपाल फर्कनुपर्ने ७८ जनाको विवरण संकलन गरिएकोमा कोरोना परीक्षण र ब्यक्तीगत कारणले गर्दा ६३ जना नेपाल फर्किएका हुन ।



    हङकङ विमानस्थलबाट नेपाल एयरलाइन्सको ए ३२० न्यारो बडी विमानमार्फत उनीहरू फर्किएका हुन।



    हङकङका नेपालीहरु आफ्नै खर्चमा नेपाल फर्किएका हुन्।  हङकङस्थित महावाणिज्यदूतावासले जारी गरेको स्वदेश फिर्ती आवेदन अनुसार आवश्यक कागजात पुगेका हङकङका र मकाउका नेपालीलाई दूतावास र एनआरएनए मकाउको संयोजनमा स्वदेश फिर्ता गरिएको हो।

    नेपाल जान चाहनेहरु भिषा सकिएको, गम्भिर स्वाथ्य समस्या रहेको, सुत्केरी वा गर्भवती, बालबालिका, जेष्ठ नागरिक, रोजगारी विदा लगायतका समस्याहरु जनाएका थिए।

    एनआरएन मकाउको सहयोग

    एनआरएन मकाउले नेपालका लागि २५ लाख बराबरको सर्जिकल मास्क पठाएको एनआरएन मकाउका अध्यक्ष पूर्ण गुरुङले बताएका छन् ।

    एनआरएनए मकाउको अनुरोधमा नेप्लिज बडी विल्डिङ एण्ड एसोसियसन मकाउका अध्यक्ष एवं गैर आवासीय नेपाली संघ मकाउका खेलकुद समिति प्रमुख तथा एसिया प्रशान्त क्षेत्रीय स्पोर्टस एकेडेमी कार्यदलका सदस्य श्रीजन बाबा भाई, बद्रर हुड एसोसियसन मकाउका अध्यक्ष बम लिम्बु र लाली गुरास एसोसियसन हङकङका संयोजक चेतन गुरुङको संयुक्त पहल तथा सक्रियतामा समन्वय गरि मिन दा कन्सटक्सन ईन्जिनियरिगं कम्पनी लिमिटेड मकाउको म्यानेजिगं डाईरेक्टर MR.Leong chiu tung बाट कोभिड नियन्त्रणको लागि आवश्यक स्वास्थ्य समाग्री सर्जीकल मास्क सहयोग स्वस्प ५० हजार थान पठाइएको हो ।

    सो मास्क करिव २५ लाखको वरावरको रहेको  गुरुङले बताए । साथै मकाउबाट नेपाल जानेहरुलाई हेल्पिङ ह्याण्ड मकाउले स्यानिटाइजर र मास्क निशुल्क उपलब्ध गराएको थियो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार