Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • गाडि खरीदमा ९० प्रतिशत कर्जाको व्यबस्था गर्न माग

    गाडि खरीदमा ९० प्रतिशत कर्जाको व्यबस्था गर्न माग

    अनलाइन नेपाल
  • आइतबार, १४ असार २०७७
  • 2.8K
    SHARES

    काठमाडाैँ । गाडी कर्जाको सीमा वृद्धि गर्न सवारी साधन बिक्रेताहरुले राष्ट्र बैंकसँग माग गरेका छन् । अटोमोबाइल्स एशोसिएसन अफ नेपालले गाडी कर्जामा बेंकले ९० प्रतिशत लगानी गर्ने व्यबस्था गर्न माग गरेका छन् ।

    १० प्रतिशत उपभोक्ताले र ९० प्रतिशतसम्म बैंकले कर्जा दिने व्यबस्था मिलाउन माग गरेका हुन् । अहिले गाडी किन्नेले ५० प्रतिशत र बाँकी ५० प्रतिशत बैंकहरुले ऋण दिने व्यबस्था छ ।



    यो व्यबस्था पहिले ३० प्रतिशत र ७० प्रतिशत थियो ।



    नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको प्रतिनिधि मण्डलले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारसिँग भेट गरी ऋणको सीमा बढाए सवारी साधन खरिद गर्नेलाई सहज हुने सुझाव दिएका छन् ।

    राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी गरीरहेका बेला नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले गभर्नर अधिकारीलाई यस्तो सुझाव दिएको हो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार