Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • प्रधानमन्त्री ओलीमाथि वालुवाटारमै गनगन, नेताहरुबीच भनाभन

    प्रधानमन्त्री ओलीमाथि वालुवाटारमै गनगन, नेताहरुबीच भनाभन

    अनलाइन नेपाल
  • आइतबार, १४ असार २०७७
  • 2.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र आन्तरिक विवाद चुलिएसँगै जारी स्थायी कमिटीको बैठक तीन दिनको लागि स्थगित भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बैठकबाट भाग्न खोजेको आरोप लागेसँगै बैठक तीन दिनको लागि स्थगित भएको बताइएको छ ।

    नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले आजको बैठक भारतसँगको सीमा विवादको विषयमा केन्द्रीत भएको भन्दै अर्को बैठक असार १६ गते बस्ने गरी स्थगित भएको जानकारी दिनुभयो । भोलि मदन स्मृति दिवस र सोमबार १५ असार अर्थात दही चिउरा खाने दिन परेकाले दुई दिन बैठक नराखेर १६ गतेका लागि सारिएको उहाँले बताउनुभयो ।



    हिजोको बैठकमा उपस्थित नभएपछि प्रधानमन्त्री ओलीको नेताहरुले चर्को आलोचना गर्दै बैठकमा सहभागी हुन माग गरेका थिए । नेताहरुको माग अनुसार आजको बैठकमा प्रधानमन्त्री ओली फोटो खिच्न सहभागी भएपनि लगत्तै काम भएको भन्दै बैठकस्थलबाट बाहिरिनुभएको थियो । बैठकमा पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल समुहका नेताहरुले प्रधानमन्त्री ओलीले पार्टीलाई अटेर गरेको आरोप लगाएका छन् भने ओली समुहका नेताहरुले बचाउमा उभिएको बताइएको छ । नेपाल समाचार



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार