Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • थप १३६ जनाले कोरोना संक्रमणलाई जितेर घर गए

    थप १३६ जनाले कोरोना संक्रमणलाई जितेर घर गए

    अनलाइन नेपाल
  • शनिबार, १३ असार २०७७
  • 3.7K
    SHARES

    काठमाडौं । शनिबार नेपालमा थप १३६ जनाले कोरोना संक्रमण जितर घर फर्किएका छन् । यो सँगै कोरोना संक्रमणलाई जितेर घर जानेको संख्या २ हजार ८ सय ३४ पुगेको छ ।

    आज, गोठगाँउ आइसोलेसन सेन्टरबाट भोजपुरका १ पुरुष, इलामका २ जना पुरुष, झापाका २९ जना पुरुष, मोरङका ११ पुरुष, पाँचथरका १ जना पुरुष, सुनसरीका २० जना, ताप्लेजुङका १ जना पुरुष, उदयपुरका ४ जना पुरुष डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।



    त्यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट गोरखाका १ जना पुरुष कास्कीका ४ जना महिला र १० जना पुरुष, पर्वतका १ जना पुरुष, स्याङ्जाका १ जना महिला डिस्चार्ज भएकी छिन् ।



    प्रवक्ता गौतमका अनुसार जलेश्वर अस्पताल महोत्तरीबाट ७ जना महिला कोरोना विशेष अस्पताल दाङबाट १ जना डिस्चार्ज भएका छन् । त्यस्तै, सुर्खेतबाट ७ जना महिला र ६ जना पुरुष डिस्चार्ज भएका छन् ।

    यसैगरी, बाँकेबाट बर्दियाका ४ जना महिला र २ जना पुरुष, बाँकेकै २ जना महिला र २१ जना पुरुष डिस्चार्ज भएका छन् ।

    आज कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका १ सय ३६ मध्ये १८ जना महिला र १ सय १८ जना पुरुष रहेका छन् । त्यस्तै, कुल डिस्चार्ज भएका २ हजार ८ सय ३४ जना मध्ये २४२ जना महिला र २ हजार ५ सय ९२ जना पुरुष रहेका प्रवक्ता गौतमले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार