Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • रुपन्देहीमा पनि सलह किरा

    रुपन्देहीमा पनि सलह किरा

    अनलाइन नेपाल
  • शनिबार, १३ असार २०७७
  • 4.3K
    SHARES

    बुटवल । सलह किरा प्रदेश ५ को रुपन्देहीमा पनि देखा परेको छ । भारतीय सीमा क्षेत्रमा देखिदै आएका सलह शनिबार दिउँसो रूपन्देहीको बुटवल क्षेत्रमा देखिएको हो ।

    प्रदेश ५ को कृषि विकास निर्देशनालय प्रमुख यामनारायण देवकोटाले हुलका हुल नभई फाट्टफुट्ट सलह कीरा आएको बताए । स्थानीयले खबर गरेपछि ती कीरा हेर्ने र सबै कीरा सलह हो होइन अनुसन्धान गर्ने काम थालेको उनले बताए ।



    उनले कति संख्यामा आएको छ भन्ने एकिन गरेपछि रोकथामको योजना बनाउने बताए ।



    दिउसो करिब एक बजे बुटवलको कालिकानगर, गोलपार्क, सुख्खानगर, रामनगर लगायतका क्षेत्रमा सलह देखिएको भन्दै स्थानीयले प्रदेश सरकारका पदाधिकारी तथा विज्ञहरुलाई खबर गरेका थिए । रामनगरमा रहेको सेनाको ब्यारेकमा समेत सलह भित्रिएको भन्दै सेनाले कीट विज्ञहरुलाई खबर गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार